Logo

बाराका मालपोत हाकिमले ६ लाख घुस मागेपछि



बाराका मालपोत हाकिमलाई सेवाग्राहीसँग लिएको घुस नि ल्नु न ओ क ल्नु भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु छ लाख घुस लिएको आरोपमा मालपोत कार्यालय बाराका प्रमुख मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडाललाई प’क्राउ गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागमा रो क्का छ भनी सर्जमिन मु चु ल्का गरी सिफारिश पठाई फु कु वा गरिदिने भन्दै घुस मागेको पाइएको छ ।

उनीहरूले द्रूततर गतिमा जग्गा पास गरिदिने र उक्त काम गरिदिए वापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको पाइएको छ ।

आयोगको टङ्गाल कार्यालयबाट गएको टोलीले रु छ लाख घुस लिइरहेको अवस्थामा जितपुर सिमरा उपमहानगरपालिका २२ स्थित जर्गा होटलबाट पक्राउ गरिएको हो ।

उनीहरूलाई आयोगले शुक्रबार पक्राउ गरेको भए पनि अनुसन्धान जारी रहेकाले आज सार्वजनिक गरिएको प्रवक्ता रिसालले जानकारी दिए । आरोपीद्वयको अझै अनुसन्धान जारी रहेको आयोगको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता