Logo

बालुवाको ढिस्कोमा पुरिँदा १३ वर्षीया बालिकासहित दुई जनाको निधन



बालुवा खानीमा काम गर्ने मजदुर सहित बालिकाको बालुवाको ढिस्कोले पुरीएर निधन भएको छ । पाल्पामा बालुवाको ढिस्कोमा पुरिँदा एक बालिकासहित दुई जनाको निधन भएको छ।

पाल्पाको पूर्वखोला गाउँपालिका९ ४ छेबकुनमा रहेको बालुवा खानीमा काम गर्नेहरु ढिस्कोमा पुरीएका हुन् । शनिबार साँझ बालुवा निकाल्ने क्रममा अचानक ढिस्को खसेर उनीहरुलाई पुरेको प्रहरीले जनाएको छ।

घटनामा स्थानीय १३ वर्षीया पवित्रा सारु र ३६ वर्षीया मायादेवी सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

बालुवाको ढिस्कोमा पुरिएकी बालिकाको घटनास्थमै र सिंहको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता