Logo

प्रधानमन्त्री ओलीको साइबर सेना बनेर काम गर्ने युवा संघको निर्णय



काठमाडौ । अहिले सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली र सरकार विरुद्ध अभिब्यक्ति दिनेहरुलाई ठेगान लगाउन साइवर सेना सकृय छ । तर पनि सरकार विरुद्ध आवाज उठ्ने क्रम भने रोकिएको छैन । त्यसैले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ओली समूह निकट राष्ट्रिय युवा संघ नेपाल अब प्रधानमन्त्री ओलीको साइबर सेना बनेर काम गर्ने भएको छ ।

सो संगठनले औपचारीक निर्णय नै गरेर सरकार विरोधी अभिब्यक्ति दिने र गतिविधि गर्नेलाई नियन्त्रण गर्ने जनाएको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष बचनबहादुर सिंहले यस्तो बताएका हुन् । उनले माघ २५ र २६ गते बसेको संघको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको जानकारी दिए ।

सामाजिक सञ्जालमा सरकार र प्रधानमन्त्री ओली विरुद्ध भइरहेको गलत प्रचारलाई नियन्त्रण गर्ने काम साइबर सेनाले गर्ने र त्यसको नेतृत्व अब युवासंघले गर्ने उनको भनाई थियो । आफूलाई बुद्धिमान ठान्नेहरुले सरकार र कम्युनिष्ट पार्टीबारे जनतालाई दिगभ्रमित पार्ने काम सामाजिक सञ्जालबाट गरिरहेकोले त्यसलाई नियन्त्रण गर्न साइबर सेनाले आफ्नो विवेक प्रयोग गरी परिचालन हुने बताए ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता