Logo

पेरिसडाँडामा प्रचण्डले गरे खतराको संकेत, नेताहरुलाई भने ‘तम्तयार हुनुस्’ भिडियो हेर्नुस्)



काठमाडौं । आन्दोलनरत नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्डले अब राजनीति फरक मोडमा पुगेको विश्लेषण गर्दै नेताहरुलाई तयारी अवस्थामा बस्न आग्रह गरेका छन् । नागरिकता सहित पार्टी कार्यालय आउन निर्देशन गरेको प्रचण्ड९माधव पक्षले पेरिसडाँडामा केन्द्रिय सदस्यहरुसंग राजनीतिको पछिल्लो घटनाक्रमवारे विश्लेषण गरेका हुन् ।

त्यसबेलामा उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको राजनीतिक अवस्थाले जति बेला जे पनि हुन सक्ने संकेत गरेको बताए । शुक्रबार पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको अनौपचारिक बैठकमा प्रचण्डले संक्षिप्त ‘ब्रफिङ’गर्दै उनले तयारी अवस्थामा बस्न नेताहरुलाई भनेका हुन् ।

पछिल्लो घटनाक्रमले अब आन्दोलनको कार्यक्रमको प्रकृति पनि परिवर्तन गर्नुपर्ने अवस्था आएको उनको भनाई थियो । कार्यक्रममा सहभागी एक केन्द्रिय सदस्यले प्रचण्डको भनाई सुनाउँदै भने, ‘यो तरलताको अवस्थामा पूर्वनिर्धारित योजना अनुसार नै कसरी जान्छ भन्ने हुँदैन । परिस्थिति बदलिए अनुसार हामी पनि बदलिए अगाडि बढ्नुपर्ने हुन्छ ।’

अर्का अध्यक्ष माधवकुमार नेपालले निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता र सूर्य चिन्ह नपाए थप आन्दोलनमा उत्रिने भन्दै केन्द्रीय सदस्यहरुलाई तयार रहन नेपालले आग्रह गरेका छन् । उनीहरुले निर्वाचन आयोगले राम्रो संकेत नदेखाएको विष्लेषण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता