Logo

अन्त्यष्टिका लागि यसरी लगियो भागरथीको शव (भिडियो हेर्नुस्)



काठमाडौ । बैतडीमा कर णी पछि ह त्या गरिएकी भारगथी भट्टको शव परिवारले घटना भएको १७ दिन पछि दाह संस्कार गरेका छन् ।

उनीहरुले भागरथीको शव बुझेका छन् । प्रहरी अनुसन्धान पछि अभियुक्त सार्वजनिक गरेपछि पनि प्रमाण चित्तबुझ्दो नआएको भन्दै उनीहरुले शव नबुझ्ने बताएका थिए । तर अभिभावकको रहोबरमा बयान लिने क्रममा दिनेश भट्टले कर णी पनि गरेको स्वीकार गरेपछि भागरथीका परिवारले शव बुझेका हुन् ।

घटनामा संलग्न भएको अभियोगमा प्रहरीले सार्वजनिक गरेका उनकै भाइ नाता पर्ने प्रहरीकै शब्दमा अन्दाजी १८ वर्षीय दिनेश भट्ट हुन् । भागरथीका दाजु केशव भट्टले जिल्ला अस्पताल बैतडीको शव गृहमा राखिएको भागरथीको पार्थिव शरीर बुझेर आजै अन्तिम संस्कारका लागि लगिएको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता