Logo

किन गर्न हुँ दैन एउटै गो त्र भएकासँग विवाह ? यस्तो छ धर्मशास्त्रको नियम, जन्नुहोस्



काठमाडौं । हाम्रो धर्मशास्त्रमा एउटै गोत्रमा विवाह गर्नु हुँदैन भन्ने मान्यता रहेको छ । गोत्र शब्दको अर्थ हो वंश र कुल । विषेश गरेर गोत्रको कुरा उठाउँनुको उदेश्य भनेको कुनै पनि व्यक्तिको वंशसँग वा पुर्खासँग सम्बन्ध स्थापित गरिरहनु हो ।

जस्तै तपाईको गोत्र भारद्वाज हो भने त्यस्को अर्थ हो तपाईँको वंश वैदिक ऋषि भारद्वाजबाट शुरु भएको हो । अर्थात् तपाई भारद्वाज ऋषिका सन्तान भित्र पर्नुहुन्छ ।

हाम्रा अग्रज तथा बुवा आमाहरुले हामीलाई एकै गोत्रमा विवाह गर्नु हुँदैन भन्ने चलनबारे बताइरहनु भएकै हुन्छ । किन एउटै गोत्रमा किन विवाहमा गर्नु हुँदैन । हामी यसैको बारेमा चर्चा गर्नेछौ ।

सह गोत्रीसँग किन विवाह गर्नु हुँदैन ?

भारद्वाज, विश्वामित्र, जमदग्नि, गौतम, अत्रि, वशिष्ठ, काश्यप, सप्त ऋषिको नामले चिनिन्छन् । यसमा आठौं ऋषि अगस्तिका सन्तान ‘गौत्र’ भनेर चिनिन्छन् । विवाहमा गोत्रको ठूलो महत्व छ र विवाह गर्नुअघि वा बर बधुको विवाहको कुरा चलाउनु अघि एउटै गोत्र पर्छ कि पर्दैन सबै बुझेर मात्र हाम्रा अग्रजहरुले कुरा चलाउँनु हुन्छ ।

पुराणमा उल्लेख गरिएको छ कि यदि कुनै बर वा बधु सहगोत्री छन्÷छिन् भने विवाह गर्ने अनुमति जतिसुकै प्रेम भएपनि दिनु हुँदैन । कतिपय अवस्थामा केटा केटीको मन परापर भएर प्रेम हुने, प्रेमपछि विवाहको कुरा चल्दा गोत्र एउटै भएर विवाह रद्ध हुने अवस्था पनि आउँदछ ।

त्यसैले विवाह छिन्ने समयमा गोत्रको ख्याल गर्नुपर्छ । गोत्रको सम्वन्ध रगतले निर्धारण गरेको हुन्छ अर्थात जानीबुझी एउटै गोत्रकी केटीलाई बिहे गरेमा केटो जातिभ्रष्ट हुन्छ । एकै गोत्रका स्त्री, पुरुष, भाइबहिनी हुन् र उनीहरूका बीच विवाह हुनु भनेको हा ड नाता भित्र विवाह हुनु हो ।

मत्स्य पुराणका अनुसार ब्राह्मणको साथमा सहगोत्रीको विवाह भयो भने अनिष्ठ हुने उल्लेख छ । धर्मसूत्रमा भनिएको छ ‘संगौत्राय दुहितरेव प्रयच्छेत’ अर्थात समान गोत्रका पुरुषलाई कन्या दिनु हुँदैन । असमान गोत्रीयसँग विवाह नगरेमा ब्राम्हण च्युत हुन्छ । यस्ता जोडीबाट सन्तान पनि गतिला जन्मदैनन् ।

जानी जानी सहगोत्री विवाह गरेमा महापाप लाग्ने र च्युत हुने समेत धर्म शास्त्रमा उल्लेख छ । एकै कुल र गोत्रमा विवाह गर्ने मानिसको बुद्धि भ्रष्ट हुने र तिनका सन्तान पनि चण्डाल हुने मान्यता छ ।

सहगोत्रीसँग विवाह गर्नु नहुने कुरा विज्ञानले पनि मानेको छ र विज्ञानले भन्छ फरक गोत्रबाट नयाँ नयाँ विचार धाराको जन्म हुन्छ । एउटै कुल वा गोत्रमा विवाह गर्ने दम्पतीको सन्तानमा आनुवंशिक दो’ ष हुन्छ र उनीहरूमा एकैखाले विचारधारा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता