Logo

जलविद्युत् आयोजनास् सुब्बाकुनाको काम अगाडि बढ्यो, जहरेको अझै लम्बियो



सुर्खेतको सुब्बाकुनामा (१३२,३३,११)केभी प्रसारण लाइनको सबस्टेशन निर्माणकार्य तीव्र पारिएको छ । प्रदेश राजधानी सुर्खेत हुँदै सबै जिल्लामा विद्युत् आपूर्ति गर्न सहजताका लागि यो स्टेशन निर्माणको कामलाई तीव्र बनाइएको हो ।

कोहलपुरदेखि सुर्खेतसम्मको १३२ केभी प्रसारण लाइनका लागि सुब्बाकुनामा स्टेशन बन्न लागेको हो । सुर्खेतको आधा, सल्यानको आधा भाग र रुकुमपश्चिम र जाजरकोटका लागि सुर्खेतको सुब्बाकुनामा सबस्टेशन निर्माण गर्न लागिएको हो ।

सबस्टेशनका लागि चार वर्षअघि जग्गा अधिग्रहणको काम काम पूरा गरिएको भए पनि स्टेशन निर्माण प्रक्रियामा ढिलाइ हुँदै आएको थियो । अहिले बोलपत्र आह्वान गरी कामसमेत शुरु भइसकेको छ । उता जहरेमा निर्माण हुने भनिएको ९४००,२२०,१३२० केभी प्रसारण लाइनको सबस्टेशनको काम भने झन् पछाडि धकेलिएको छ ।

सबस्टेशनको डिजाइन गर्ने इटालेली कन्सलटेन्टले डिजाइनको काम पूरा गरिसकेको भए पनि बोलपत्र आह्वानको काम शुरु हुन लाग्दा योजना नै स्थगन गरेर प्रसारण निर्देशनालयमा हस्तान्तरण गरी पुनः बोलपत्र आह्वान हुने भएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशका प्रमुख सुरेन्द्र अग्रहरिले जानकारी दिए ।

सुब्बाकुनामा सबस्टेशन निर्माण पूरा भएपछि विद्युत् आपूर्तिमा हुँदै गरेको समस्या समाधान हुने अग्रहरिले जानकारी दिए ।

अहिले सुर्खेतको सुब्बाकुना विद्युत् प्राधिकरणले ९१३२,३३,११० काम गरिरहेको छ । भेरी नदीमा बन्न लागेका ठूला आयोजनाको विद्युत् जहरे सबस्टेशनमार्फत वितरण हुने छ । जहरेमा निर्माण हुन लागेको सबस्टेशन ९४००,२२०,१३२ केभी० को काम राष्ट्रिय प्रसारण कम्पनीले गर्न लागेको छ । अहिले यी दुई ठाउँको काम छुट्टाछुट्टै हुन लागेको हो ।

सुब्बाकुना भन्दा जहरेको काम ढिला हुने अग्रहरिले जानकारी दिए। जाजरकोट, सुर्खेतको केही भाग, रुकुमपश्चिम र सल्यानको केही भागमा ३३ केभी प्रसारण लाइनको विद्युत् आपूर्ति हुँदै आएको छ ।

त्यस्तै जाजरकोट नलगाड नगरपालिका–७ दानीपिपलमा ४०० केभी प्रसारण लाइनको सबस्टेशन निर्माणका लागि जग्गा अधिग्रहणको काम पूरा भएको छ । प्रदेशले नै जाजरकोटको चौखा सबस्टेशन निर्माणका लागि बोलपत्र आह्वानको काम सम्पन्न गरेको प्रमुख अग्रहरिले जानकारी दिए ।

नलगाड जलविद्युत् आयोजना, ताँसुगाड जलविद्युत् आयोजना, डोल्पाको जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि १३२ केभी प्रसारण लाइन निर्माणकार्य छिटो गर्नुपर्ने बाध्यता छ ।

जाजरकोटको कुदुको सबस्टेशन निर्माण पूरा भइसकेको छ । अन्य ठाउँ समाइला, वडावनमा निर्माण हुने सबस्टेशनका लागि बोलपत्रको कामसँगै मुआब्जाको काम अगाडि बढेको जाजरकोट वितरण केन्द्रका प्रमुख विशाल लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता