Logo

सुधिर चौधरीले तहल्का मच्चाएपछि सगरमाथा उडान अवधारणामा परिवर्तन लाग्यो यस्ता कडा नियम



काठमाडौ । केही दिन अघि भारतीय पत्रकार सुधिर चौधरीले सगरमाथाको बेसक्याम्पमा गएर निर्माण गरेको एक भिडियो सामग्रीले नेपालमा तरंग उत्पन्न गरायो । उनी अनुमति विना सगरमाथा आधारसिविरमा पुगेर नेपालको सगरमाथाको नाम परिवर्तन गर्नुपर्ने बताए । त्यती मात्र होइन उनले नेपालले पनि त्यसमा समर्थन जनाउनुपर्ने माग राखे ।

उनले अब उनी संलग्न टेलिभिजनले त्यसका लागि अभियान नै संचालन गर्ने भन्दै कार्यक्रम निर्माण गरे । त्यसरी भारतीय पत्रकार अनुमति विना सगरमाथा राष्ट्रिय निकुन्जभित्र प्रवेश गरेर कार्यक्रम छायांकन गरी प्रसारण गरे पछि अहिले सो क्षेत्र प्रवेशमा कडा नियम बनाइएको छ ।

सगरमाथा क्षेत्रमा हेलिकोप्टरहरूको उडान अवतरणामा कडा नियम ल्याइएको हो । चौधरीले सिम्रिक एयर प्रालिको हेलिकोप्टर कालापत्थरमा लगेर कार्यक्रम छायांकन गरेका थिए । त्यसका लागि उनले अनुमति समेत लिएका थिएनन् ।

सगरमाथा राष्ट्रिय निकुञ्जले भने अब सगरमाथा राष्ट्रिय निकुन्जभित्र पर्ने तीन वटा हेलिप्याडमा अनुमतिमा मात्र उडान गर्न पाउने र अन्य क्षेत्रमा हेलिकोप्टर अवतरण तथा ओभरिङ गर्न नपाउने गरी रोक लगाएको छ ।

निकुन्जले बुधबार नेपालका सबै हेलिकोप्टर कम्पनीलाई पत्र काट्दै यस्तो निर्णयबारे जानकारी गराएको हो ।

निकुन्जभित्र लुक्ला, स्याङबोचे र नाम्चेस्थित हेलिप्याण्डमा भने हेलिकोप्टर कम्पनीले पूर्वअनुमति लिएर हेलिकोप्टर अवतरण गर्न सक्ने छन् । तोकिएका क्षेत्रमा बाहेक अन्य स्थानमा हेलिकोप्टर रोक्न नपाइने कडा नियम बनाइएको छ । त्यो नियमलाई कडाइका साथ पालना गर्न निकुन्जले स्थानीय प्रहरी प्रशासन, होटेल तथा लज व्यवसायी, नागरिक उड्डयन प्राधिकरण, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, निकुन्जको सुरक्षामा खटिएको सेनालाई समेत आहृवान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता