Logo

कर्णालीलाई अर्गानिक प्रदेशको रुपमा विकास गरिन्छः मुख्यमन्त्री शाही



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली समृद्धिको पहिलो आधार पूर्वाधार र दोश्रो कृषि भएकाले कृषि क्षेत्रलाई व्यवस्थित तरिकाले विकास गरिने बताएका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले विहीबार वीरेन्द्रनगरमा आयोजना गरेको प्राङ्गारिक खेती प्रवद्र्धन तथा रैथाने वाली संरक्षण दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् ।

शाहीले भने, ‘कृषि पेशामा लागेका युवाहरुलाई हामी सहयोग गर्न तयार छौँ । युवाहरु कृषि उत्पादनमा लाग्नुस्।।।।।१’ कृषि तथा पशुपालन क्षेत्रमा अनुदान दिँदा दुरुपयोग भएको बताउँदै मुख्यमन्त्री शाहीले वास्तविक किसानलाई फर्म वा योजना धरौटी राखेर मात्रै ऋण दिइने बताए ।

रैथाने बाली संरक्षण, पशुपालन, अर्गानिक खेती उत्पादन गर्नका लागि सानो लगानीमा कृषि खेती गर्ने युवाका लागि उसको फर्म उनीहरुको कागजात धरौटी राखेर ऋण दिने कानून प्रदेश सभामा पेश गरिएको पनि शाहीले बताए । मुख्यमन्त्री शाहीले यही वर्षबाट युवालाई कृषि क्षेत्रमा सहुलियत ऋण दिइन लागिएको पनि जानकारी गराए । ‘जुन योजनाले कर्णालीलाई अर्गानिक बनाउनमा सहयोग हुन्छ’ उनले भने ।

यस्तै प्रदेश सरकारका प्रवक्ता समेत रहेका भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णालीलाई अर्गानिक प्रदेशका रुपमा विकास गरिछाड्ने दावी गरिन् । त्यसका लागि योजना ल्याइसकिएकाले पूर्ण रुपमा अर्गानिक प्रदेश निर्माण गर्ने काम सम्भव भएको पनि उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता