Logo

डिस्कोबाट फर्किएका किशोरहरुले मोबाइल लुट्न ह’त्या गरेर फालेको खुलासा



काठमाडौं । काठमाडौंको गुहेश्वरी मन्दिर नजिकै वाग्मतीमा शनिवार एउटा श’ व भेटियो । फागुन १ मा फेला परेको श’ व काठमाडौं–७ घर भएका ४९ वर्षीय रजुनमान श्रेष्ठको थियो । घरबाट गाडी सिक्न वाग्मती करिडोर पुगेका श्रेष्ठलाई ह’ त्या गरेर छाडेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ । ह’ त्यामा संलग्न चारजनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी बरिष्ठ उपरिक्षक ९एसएसपी० अशोक सिंहले बताए ।

पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउपालिका–३ घर भएका १८ वर्षीय विशाल तामाङ,सन्तोष तामाङ,सन्त कुमार तामाङ र २० वर्षीय लाक्पा तामाङ छन् । ह’ त्या आ रो पीह रु बौद्धस्थित नयाँ बस्तीमा डेरामा बस्थे । आरोपीहरुमध्ये ३ जनालाई नयाँ बसपार्क र विशाल तामाङलाई नयाँबस्तीबाट नियन्त्रणमा लिएको एसएसपी सिंहले बताए ।

रजुनमान श्रेष्ठ हरेक विहान गाडी सिक्न गुहेश्वरी करिडोरमा जान्थे । हरेक दिन बिहान ३ देखि साढे ३ को बीचमा गाडी लिएर निस्कने उनी फागुन १ मा भने मध्यरात १२ बजेतिर नै मैजुबहालस्थित घरबाट गाडी लिएर निस्किए । गुहेश्वरी मन्दिरको पारिपट्टि पुगेपछि गाडी बिग्रियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार उनले मिस्त्रीलाई फोन गरेर एकछिन आएर गाडी जाँच गर्दिन आग्रह गरे । तर,मध्यरातमा मिस्त्रीले आउन नमानेपछि नारायणमार्गमा गाडी छाडेर उनी दिव्यश्वरी पार्टी प्यालेसतर्फ लागेका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता