Logo

अस्ट्रेलियामा नयाँ नियम, अब फेसबुकमा समाचार हेर्न तथा सेयर गर्न नपाइने, नेपालीलाई यस्तो पर्यो असर



अस्ट्रेलियामा अब फेसबुकमा आएका समाचार पढ्न र सेयर गर्न पाइने छैन । त्यहाँको नयाँ नियम अनुसार ती समाचारहरु पढ्न र सेयर गर्न नपाइने भएको हो ।

सामाजिक सञ्जाल फेसबुकले अस्ट्रेलियाका प्रयोगकर्ताले फेसबुकमा समाचार हेर्न वा सेयर गर्न नपाउने बनाएको बीबीसीले जनाएको छ । यसले अस्ट्रेलियाका नागरिकलाई सूचना पाउनेमा समस्या हुने भएको छ ।

बिहान उठ्दा फेसबुकमा स्थानीय र अन्तर्राष्ट्रिय सबै न्यूज साइट बन्द भएको पाइएको त्यहाँका स्थानीयलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

अस्ट्रेलियामा बिहिबार बिहानदेखि स्थानीय तथा अन्तर्राष्ट्रिय समाचार संस्था वा वेबसाइटका फेसबुक पेजहरु ब्ल क गरिएका छन् ।

यस्तै महत्त्वपूर्ण सरकारी निकायका फेसबुक पेजहरु पनि ब्ल क भएका छन् । सरकारको स्वास्थ्य सम्बन्धी सामग्री र आपत्कालीन फेसबुक पेजसमेत बन्द गरेको फेसबुकले पछि यसलाई भने खुला गरेको छ ।

अस्ट्रेलिया सरकारले फेसबुकको यो प्रतिबन्धलाई उसको विश्वसनीयताका लागि खतरा भएको टिप्पणी गरेको छ ।

समाचारजन्य सामग्रीका लागि फेसबुकले पैसा तिर्नुपर्ने अस्ट्रेलियाको प्रस्तावित कानुनको विरोधमा यस्तो प्रतिबन्ध लगाइएको हो ।

नेपालीहरु अधिक रहेको अस्ट्रेलियामा अब समाचार पढ्न र सेयर गर्न नेपालीहरुले पाउने छैनन् । अझ उक्त देश लक्षित समाचार साइटहरुमा समेत असर पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता