Logo

अकस्मात किन पुगे प्रधानमन्त्री ओली सर्वोच्च अदालत ?



काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालत पुगेका छन् । उनी अवहेलनासम्बन्धी मु द्दामा लिखित जवाफ लिएर सर्वोच्च अदालत पुगेका हुन् । प्रधानमन्त्री ओली आफैं उपस्थित हुनुपर्ने बताइएपछि उनी सर्बोच्च पुगेका हुन् ।

उनलाई अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मु द्दा र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको विषयमा अशोभनीय अभिव्यक्ति दिएको आरोप लागेको थियो ।

सोही बिषयलाई लिएर अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकुमार न्यौपानेले प्रधानमन्त्री ओलीविरुद्ध अवहेलनाको मु द्दा दायर गरेका थिए ।

प्रधानमन्त्रीले विचाराधीन मु द्दामा टिप्पणी गरेको र अधिवक्तालाई अ शि ष्ट र अमर्यादित भाषाको प्रयोग गरिएको रिटमा उल्लेख छ । म्याद बुझेको सात दिनभित्र लिखित जवाफ दिनुपर्ने व्यवस्थाअनुसार प्रधानमन्त्री ओली सर्वोच्च गएका हुन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पनि सर्वोच्च अदालतमा अवहेलनाको मु द्दा परेको छ । यसअघि अवहेलना मु द्दा लगाइएका चार पूर्वप्रधानन्यायाधीशले भने अदालतमै म्याद बुझेर लिखित जवाफ पेस गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता