Logo

कैलालीमा त नाव, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन



काठमाडौ । कैलालीमा सडक दुर्घटनामा एक जनाको निधन भएपछि त नाव सुरु भएको छ । स्थानियले कैलालीको बौनियास्थित पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन सुरु गरेका छन् ।

बुधबार कैलालीको लम्कीचुहा नगरपालिका–१० चुहामा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको निधन भएको थियो । उनका परिवार र आफन्त सहित स्थानिय विरोध गर्न सडकमा निस्किएका छन् । उनीहरुले बिहिबार बिहान ९ बजेदेखि राजमार्ग अवरुद्ध पारेका हुन्।

राजमार्ग अवरुद्ध हुने आवागमन प्रभावित भएको ईलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक भरतबहादुर शाहले जानकारी दिए। उचित क्षतिपुर्ति र न्यायको माग गर्दै राजमार्ग अबरुद्ध पारेको बताइएको छ।

५ख८४०६ नम्बरको ट्रकले लु७८प ३९०५ को नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिकाको वडा नम्बर ४ बलियाका २४ वर्षीय दिनेश चौधरीको मृत्यु भएको थियो।

दुर्घटनामा परि मोटरसाइकलमा सवार जानकी गाउँपालिकाकी १८ वर्षीया चन्द्रा चौधरी घाइते भएकी थिइन। उनको उपचारका लागि कोहलपुर लैजाने क्रममा मृत्यु भएको थियो। तस्बिर दिनेशखबर अनलाईन

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता