Logo

दैलेखमा परिक्षा हलमा एक बिद्यार्थीले टिकटक बनाए, अहिले त्यही टिकटकले ल्यायो यस्तो आपत



सामाजिक सञ्चालक टिकटकको क्रेज अहिले सबैतिर छ । अझ युवाहरु त यसमा निकै सक्रियताका साथ लागेका छन् । तर गलत ठाउँमा टिकटकको रहर गर्दा एक युवाले समस्या भोग्नु परेको छ ।

टिकटकको रहरले गर्दा दैलेखमा एकजना विद्यार्थीले दिएको परिक्षा नै र द्द गरिएको छ । मर्यादा विपरित परिक्षाको समयमा भए गरेका क्रियाकलापलाई टिकटक बनाई सामाजिक सञ्जालमा राखेका रोशनकुमार शाहीको परिक्षा र द्द गरिएको हो ।

यो घटना जिल्लाको पश्चिममा पर्ने आठबीस नगरपालिका–६ सिंहासैनमा रहेको कालिका माध्यमिक विद्यालयको हो । त्यहाँका छात्र रोशनकुमार शाहीलाई राष्ट्रिय परीक्षा बोर्डले परिक्षा र द्द गरिएको सुचना जानकारी गराइएको छ ।

२०७७ साल मंसिरमा सञ्चालित कक्षा १२ को परीक्षामा सहभागी रहेका छात्र शाहीले परीक्षाको मर्यादा विपरित परीक्षाको समयमा भएका कामको टिकटक बनाई सामाजिक सञ्जालमा राखेकोले परीक्षा रद्ध गरिएको परीक्षा बोर्डले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता