Logo

गुल्मीबाट फेरी आयो दुखद खबर, जीप दुर्घटनामा ३ को निधन८ घाइते



गुल्मीमा फेरी जिप दुर्घटना भएको छ । उक्त दुर्घटनामा परेर तीन जनाको निधनभएको छ । निधन हिुनेमा रेसुंगा नगरपालिका–१४ का ४७ वर्षीय एकराज पोख्रेल, २८ वर्षीया शान्ति नेपाली र २७ वर्षीया गोमा नेपाली रहेका छन् ।

लु१ज १९८८ नम्बरको जिप बुधबार साँझ दुर्घटनामा परेको हो । उक्त जीप जिल्लाको सदरमुकाम तम्घासबाट रेसुंगा नगरपालिका–१४ रातामाटा पराल्मीतर्फ जाँदै गरेको थियो ।

दुर्घटनामा एकराजको घटनास्थलमै मृत्यु भएको थियो भने शान्ति र गोमाको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेयका अनुसार घटनामा परी अन्य आठ जना घाइते भएका छन् । जसमध्ये पराल्मीका २२ वर्षीय भरत पोख्रेल र ३७ वर्षीय वीरबहादुर सूर्यवंशी गम्भीर घाइते छन् ।

उनीहरूलाई थप उपचारका लागि पाल्पा रिफर गरिएको प्रहरीले जनाएको छ । त्यस्तै रेनपा–१४ कै ३७ वर्षीया गोमा नेपाली, ६६ वर्षीय देवबहादुर नेपाली, २७ वर्षीया प्रकाश नेपाली र उनका ४ वर्षीय छोरी खुसी नेपाली मध्यम घाइते भएका छन् ।

अन्य दुई जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिप सडकभन्दा करिब ६ सय मिटर तल ख से को थियो । घटनाको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता