Logo

विश्वमै अत्यन्त दुर्लभ मानिएको ‘ब्ल्याक प्यान्थर’ काभ्रेमा भेटियो



धुलिखेल । नेपालमा विश्वमै दुर्लभ ब्ल्याक प्यान्थर फेला परेको छ । काभ्रेमा वयस्क ब्ल्याक प्यान्थर मृत अवस्थामा फेला परेको हो । काभ्रेजिल्लाको पलाञ्चोक भगवती नजिकै चार पिपलमा ब्ल्याक प्यान्थर मृत अवस्थामा स्थानीयले फेला परेका हुन् । यसबारेमा जिल्ला वन कार्यालय काभ्रेले थप अनुसन्धान शुरु गरेको छ ।

चितुवा वर्गमा पर्ने कालो चितुवा अर्थात ब्ल्याक प्यान्थर एसिया र अफ्रिका लगायतका जंगलमा पाइन्छ । तर यो अत्यन्त दुर्लभ वन्यजन्तुमा पर्दछ ।
१०० वर्षपछि खिचियो दुर्लभ कालो चितुवाको तस्वीर

यस्तै विश्वमै अत्यन्त दुर्लभ मानिएको कालो चितुवा अफ्रिकाको केन्याको एक जंगलमा देखा परेको थियो । दशकौँसम्मको खोज(अनुसन्धान गर्दा पनि स्पष्ट प्रमाण फेला पार्न नसकिएको दुर्लभ कालो चितुवा एक फोटोग्राफरले आफ्नो लेन्समा प्रष्ट देखिनेगरी कैद गर्न सफल भएका थिए ।

समाचार एजेन्सीहरुका अनुसार अफ्रिकी क्षेत्रमा पाइने सो कालो चितुवालाई बेलायती फोटोग्राफर विल बुरार्ड(लुकासले आफ्नो डीएसएलआर क्यामेराबाट उच्च गुणस्तरीय तस्वीर खिचेका छन् । करिब १०० वर्षसम्म कसैले पनि सो चितुवाको गुणस्तरीय तस्वीर खिच्न नसकेकोमा पहिलोपटक बुरार्ड लुकासले आफ्नो फ्रेममा कैद गर्न सफल भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता