मौसम पूर्वानुमानः आज पश्चिमी वायुको प्रभावले हिमपातको सम्भावना
![](https://gaunbeshi.com/wp-content/uploads/2021/02/HK_Jagarkot-1-scaled-1.jpg)
मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रही अन्य भूभागको मौसम सामान्यतया सफा रहेको छ ।
यसैगरी, आज दिउँसो प्रदेश न २ र प्रदेश न ३ लगायत देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।
यस्तै, पहाडी भूभागका थोरै स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।