Logo

भागरथीको ज्या’न लिएको अभियोगमा पक्राउ परेका निदेश नाबालक हुन सक्ने, जेल होइन उनलाई सुधार गृहमा पठाइने



काठमाडौ । प्रहरीले बैतडीकी भागरथी घटनामा संलग्न भएको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । उनले घटनामा संलग्ना स्वीकार पनि गरेका छन् । तर प्रहरीमा उनले दिएको बयान र भागरथीको भाई नाता पर्ने उनी उमेरले सानो भएको हुनसक्ने सम्भावना छ । उनी नातामा भागरथीको पनि भाई र उनीभन्दा एक कक्षा तल पढ्छन् । त्यसैले उनी नाबालग हुनसक्ने सम्भावना अत्याधिक छ ।

उनले प्रहरी सामु आफ्नो उमेर १७ वर्ष बताएका छन् । घटनामा दोगडाकेदार गाउँपालिका९७ का दिनेश भट्ट पक्राउ परेका हुन् । उनी भागरथीको छिमेकी र नातामा भाई पर्छन । प्रहरी नियन्त्रणमा रहेका ती किशोरले आफ्नो उमेर १७ वर्ष बताएको प्रहरीले जनाएको छ। उनी नाबालिग ठहर भए उनलाई कारवाही गर्ने प्रकृया फरक छ । भागरथी पढ्ने सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्दैछन्।

प्रहरीले उनी वास्तवमै १७ वर्षका हुन् वा होइनन् त्यसको प्रमाण विद्यालयवाट खोज्ने भएको छ । विद्यालय खुलेपछि उनको उमेर प्रमाणित गर्ने जनाएको छ। घटनामा उनको संलग्नता पुष्टि भएपनि दिनेश नाबालिग ठहर भए उनलाई सुधार गृहमा पठाउनुपर्ने हुन्छ । बैतडीमै रहेका सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदीले पनि त्यसै गर्ने बताएका छन् ।

यस अघि पनि प्रहरीले निगरानीमा राखेको दिनेशलाई प्रहरीले सोधपुछ गरेर छोडेको थियो । उनी भागरथीलाई न्याय दिलाउनुपर्छ भन्दै भएका आन्दोलनमा पनि सहभागी भएका थिए । तर अनुसन्धानकै क्रममा संकेत उनीतिरै देखिएपछि मंगलवार प्रहरीले दिनेशलाई पक्राउ गरेको हो । उनलाई बुधवार सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ ।

पक्राउपछि दिनेशले प्रहरीसंगको वयानमा भनेका छन्,,“म बाटोमा पहिल्यै बसेको थिएँ । भागरथी दिदी चाउचाउ खाँ दै आउँदै थिइन् । सुरुमा मैले उनको किताब फा लेँ । त्यसपछि उनलाई पनि पछाडिबाट ध क्का दिएँ । उनी ल डेर बे हो स भइन् अनि घाँ टी थि’र’चे र मा’र’रेँ ।”

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता