Logo

प्रचण्डले सुरक्षाको खतरा देखाउंदै राख्दै आएका ५५ जना सुरक्षाकर्मि फिर्ता, डीएसपीलाई फिर्ता बोलाएर सईको कमाण्डमा सुरक्षा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीसँग असन्तुष्ट बनेर बाहिरीएका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको सुरक्षाकर्मी सरकारले फिर्ता बोलाएको छ । उनलाई पहिले सरकारले प्रहरी नायव उपरिक्षकको कमाण्डमा सुरक्षाकर्मी परिचालन गरेको थियो भने अहिले प्रहरी नायव निरिक्षकको कमाण्डमा सिमित सुरक्षाकर्मी दिइएको छ ।

‘प्रचण्डको सुरक्षा व्यवस्थापनमा खटिने गरेका सुरक्षाकर्मी मध्ये ३१ जना सशस्त्र प्रहरी र २४ जना नेपाल प्रहरी फिर्ता लगिएका छन् । भिआइपी तथा भिभिआइपीको सुरक्षा व्यवस्थापन सम्बन्धी नयाँ कार्यविधिअनुसार प्रचण्डलाई अब दुई जना नेपाल प्रहरी र १६ जना शसस्त्र प्रहरीले सुरक्षा दिनेछन् ।

प्रचण्डको सुरक्षामा यसअघि सरकारले ४७ जना शसस्त्र प्रहरीलाई खटाएको थियो । शसस्त्र प्रहरी मुख्यालयले प्रचण्डको सुरक्षामा खटाइएका मापदण्ड विपरीत सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको जनाएको छ । हाल इन्सपेक्टरको कमाण्डमा सशस्त्रको टोलीले प्रचण्डलाई सुरक्षा दिइरहेको छ ।

प्रचण्डले प्रधानमन्त्री हुँदा पाएको सुरक्षा सुविधा अहिलेसम्म लिइ राखेका थिए । उनले उनले तत्कालीन प्रहरी निरीक्षक दानबहादुर मल्ललाई पीएसओको रुपमा राखेका थिए।

आफूसँगै रहेका बेला मल्ल डीएसपीमा बढुवा भएपछि प्रचण्डले उनैलाई निरन्तरता दिएका थिए । मल्लको सरुवा भएपछि त्यस ठाउँमा प्रचण्डले डीएसपीलाई नै राखेका थिए । प्रचण्डसँग पछिल्लो समय रहेका डीएसपी विनोद शर्मालाई फिर्ता बोलाइसकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । हाल प्रचण्डसँग दुई जना प्रहरी नायव निरीक्षक सई पीएसओका रुपमा छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता