Logo

अस्ट्रेलियाबाटै कलाकारितामा फड्को मार्दै अभिनेत्री निखिला बुढाथोकी



काठमाडौँ– नेपाली कला क्षेत्रको मोह नेपालमा बस्नेलाई मात्र होइन परदेशमा बस्नेलाई पनि हुने गर्दछ । परदेशमा बस्ने कत्तिले अवसर पाउँछन् भने कतिले इच्छा भए पनि विविध कारणले आफ्नो कला प्रस्तुत गर्न पाएका हुँदैनन् ।

झापामा जन्मिएर अस्ट्रेलियालाई कर्म थलो बनाएकी निखिला बुढाथोकी एक भाग्यमानीमा पर्दछिन्, जसले अस्ट्रेलियामा बसेर कलाकारितामा फड्को मार्दै छिन् अभिनय तथा नृत्यमा कुशलता भएकी बुढाथोकी नेपाली चलचित्र क्षेत्रमा सम्भावना बोकेकी अभिनेत्री हुन् ।

अस्ट्रेलियामा हुने सांस्कृतिक कार्यक्रम, त्यहाँ बन्ने म्युजिक भिडियोको पहिलो रोजाइमा उनी पदै आएकी छिन् । विगत पाँच वर्षदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएकी निखिला बुढाथोकी पेसाले नर्स हुन् । उनी अस्ट्रेलियामा राम्रो बेली डान्सरको रूपमा परिचित छिन् ।

उनले थुप्रै इभेन्टमा आफ्नो प्रतिभा देखाउनुका साथै आधा दर्जन म्युजिक भिडियोमा समेत काम गरी सकेकी छिन्। हलिउड अभिनेत्री सल्मा हायक, बलिउड अभिनेत्री जिनत अमात र राधिका आप्टेको अभिनयबाट प्रभावित बुढाथोकी नेपालमा भने तृप्ति नाडकर, नम्रता श्रेष्ठ र ऋचा शर्माको अभिनयबाट प्रभावित छिन् । भविष्यमा आफू सफल अभिनेत्रीको रूपमा परिचित भएर स्वदेश तथा विदेशमा आफ्नो क्षमता देखाउने उनको चाहना रहेको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता