Logo

भागरथी घटनामा महेन्द्रनगरबाट पक्राउ परेकालाई बैतडी लगियो, अहिले सम्म पक्राउ परेकाहरुको यस्तो छ विवरण



काठमाडौ । १७ वर्षीया किशोरी भागरथी भट्टको घटनामा प्रहरी उच्च निगरानीमा रहेका एक जना ब्यक्ति महेन्द्रनगरवाट पक्राउ गरिएको छ । उनलाई मंगलवार नै वैतडी लगिएको छ । घटना अनुसन्धानमा निकै सतर्कता अपनाएको प्रहरीले कुनै सूचना चुहाएको छैन । मंगलवार नै उनलाई महेन्द्रनगरवाट पक्राउ गरिएको हो । उनी भारत भाग्न लागेको आशंकामा पक्राउ गरी वैतडी लगिएको छ ।

सार्वजनिक पद धारण गरेका दोगडाकेदार गाउँपालिकाकै ती पुरुषलाई कञ्चनपुर प्रहरीले भीमदत्त नगरपालिकाको ऐठपुरबाट पक्राउ गरि बैतडी प्रहरीको जिम्मा लगाएको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार ती व्यक्ति र भागरथीबीच पूर्व चिनजान रहेको थियो। उनी भागरथी घटना भएको केहीदिनपछि बैतडीबाट विदामा महेन्द्रनगर पुगेका थिए ।

घटनास्थलको प्रकृति र केही शंकास्पद गतिविधिका कारण उनलाई प्रहरीले उच्च निगरानीमा राखेको थियो । उनको घर नजिकै भागरथीले प्रयोग गरेको मोवाइलको ब्याट्रीले फेला परेको थियो । यद्धपी यहि प्रमाणले उनलाई घटनामा संलग्न भएको पुष्टि भने गर्न नसकिने प्रहरी स्रोतले जनाएको छ ।

यसअघि कैलालीबाट समेत घटनामा संलग्न भएको आशंकामा प्रहरीले १ जनालाई पक्राउ गरेको थियो । उनी हाल रिहा भइसकेका छन् भने काठमाडौँमा पक्राउ परेका अर्का एक व्यक्ति पनि अनुसन्धानका लागि बोलाएका बखत हाजिर हुने शर्तमा छुटिसकेको प्रहरी स्रोतले जनाएको छ ।

दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्ट १४ दिन अघि गत माघ २१ गते विद्यालयबाट घर फर्किने बेला हराएकी थिइन् । उनको शव माघ २३ गते फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता