Logo

काठमाडौंको गोंगबुबाट बिनय जङ्ग बस्नेत प’क्रा’उ



प्रहरीको खोजीमा रहेका विनयजंग बस्नेत पक्राउ परेका छन् । उनले बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरलाई सामाजिक सञ्जाल मार्फत खुलेआम ध म्की दिएका थिए । सपनाले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । मंगलवार काठमाडौंको गोंगबुबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० अशोक सिंहले पुष्टि गरेका छन् ।

ुआफुले छोरी मान्दै आएकी सपनाका बारेमा अनावश्यक टिप्पणी गर्दै उनले मोवाइलमा सपनाको अ श्लि ल तस्बिर भएको भन्दै सार्वजनिक गरिदिने ध म्की दिएका थिए । उनले सपनालाई अनेक लाच्छना पनि लगाएका थिए । सपनाको साथ दिनेहरुलाई पनि सि ध्याइ दिन्छु भन्दै दिएको अन्तरवार्ता नै सार्वजनिक भएको छ । उनलाई हामीले भर्खरै गोंगबुको नयाँ बसपार्कबाट पक्राउ गरेका छौं,ु प्रहरी एसएसपी सिंहले भने, ुउनीलाई हामीले परिसर ल्याएर अनुसन्धान अघि बढाउँछौं।ु

सपनाले बस्नेतविरूद्ध आइतबार अभद्र व्यवहारको मुद्दामा महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता गराएकी थिइन् । उनले गृहमन्त्री रामबहादुर थापा बादललाई पनि भेटेर निवेदन दिएकी थिइन् । ।बस्नेतले युट्युबमा सपना रोका मगरका नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि परिसरमा जाहेरी दर्ता गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता