Logo

कपिलवस्तुमा मामाले बाइकमा घर लगिदिन्छु भनेर वाटोको जंगलमा भान्जीलाई कर णी



काठमाडौ । बाइकमा घर लगिदिन भन्दै भान्जीलाई लिएर हिँडेका मामाले नै भान्जी कर णी गरेको खुलेको छ । कपिलवस्तुमा यस्तो घटना भएको हो । शुक्रवार भएको घटना ढिलो सार्वजनिक भएको छ ।

शुक्रबार राति भान्जीलाई घर पुर्याउन मोटरसाइकलमा राखेर जाँदै गर्दा बाटोमै घटना भएको हो । उनी शौच गर्न भन्दै मोटरसाइकल रोकेर भान्जी माथि जाइलागेको बताइएको छ ।

१६ बर्षकी भान्जी कपीलवस्तुको विजयनगर गाउँपालिकाको लोहरौला गाउँमा लागेको मेला तथा सांस्कृतिक कार्यक्रम हेर्न पुगेकी थिइन् । मेलावाट फर्किएपछि घर जान ढिलो भएपछि मामाले मोटरसाइकलमा लगिदिन लागेका थिए ।

आमाले आफ्नो जेठो दाईलाई फोन गरेर भान्जीलाई घर पुर्याइदिनु भनेर अह्राएकी थिइन् । जेठा दाईले भान्जीलाई घर लगिदे भन्दै कान्छा भाइलाई पठाए ।

कान्छा मामासँग बाइकमा घर जान लागेकी किशोरी माथि वाटोमै घटना भएको हो । किशोरीले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय कपीलवस्तुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता