Logo

आर आर क्याम्पसमा नेकपाका दुई पक्षबीच झ ड प, यस्तो छ पछिल्लो अवस्था



काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहका विद्यार्थी बीच रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा झ ड प भएको छ । सरस्वती पूजाको विषयमा दुई पक्षबीच विवाद सुरु भएको थियो । विवादले उग्र रुप लिएको हो । घटनामा ३ जना घाइते भएका छन् । उनीहरु आन्दोलनरत प्रचण्ड पक्षको विद्यार्थी नेता भएको बताइएको छ ।

आफ्ना विद्यार्थी नेता माथि ओली पक्षले आ क्र म ण गरेको आरोप प्रचण्ड नेपाल पक्षको छ । घटनामा प्रचण्ड–नेपाल पक्षका दिपक बस्नेत, दिलिप खड्का, विशाल रिजाल र मनिस बस्नेत घाइते भएका हुन्।

मंगलबार बिहान सरस्वती पूजा गरिरहेका समयमा ओली समूहका लोकेश खड्का, उज्वल खड्का लगायतले प्रचण्ड–नेपाल पक्षका विद्यार्थीमाथि आ क्र म ण गरेको आरोप लगाइएको छ । खड्का सो क्याम्पसका ओली पक्षका युथ फोर्स अध्यक्षसमेत हुन्। घटना पछि प्रहरीमा उजुरी समेत गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता