Logo

‘अब मलाई जिउने इच्छा छैन’ भन्दै सुशान्तका मिल्ने साथी सन्दीप नाहरले पनि गरे देह त्याग



एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपुतका नजिकका साथी कलाकार सन्दीप नाहरले पनि देह त्याग गरेका छन् । सुशान्तले किन देह त्याग गरे भन्ने कुरा अझै खुलेको छैन । ८ महिना देखि अनुसन्धान जारी रहे पनि प्रहरीले निष्कर्ष निकालेको छैन ।

सन्दीप नाहरले सुशान्तसँग चर्चित चलचित्र ‘एमएस धोनी द अनटोल्ड स्टोरी’मा सँगै काम गरेका थिए। उनीहरु निकै मिल्ने साथी पनि हुन् । ब्यक्तिगत रुपमा उनीहरु निकै नजिक थिए । उक्त चलचित्र सन् २०१६ मा निकै लोकप्रिय बनेको थियो। सन्दीपले अर्को चलचित्र ‘केसरी’मा पनि अभिनय गरेका थिए।

सुशान्तले देह त्याग गरेको ८ महिनामा सन्दीपले देह त्याग गरेका हुन्। सन्दीपले आफ्नै निवास मुम्बईको गोरेगाउँ क्षेत्रमा देह त्याग गरेको बताइएको छ।

बीबीसीहिन्दीका अनुसार सामाजिक संजालमा नोट छाड्दै उनले सोमबार देह त्याग गरेका हुन्। फेसबुक पेजमा उनले लेखेका छन्,‘अब मलाई जिउने इच्छा छैन।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता