Logo

प्रधानमन्त्री ओलीले ११ महिना पछि सिंहदरवार प्रवेश शुभ साइतमा सोमवार झनै शक्तिशाली हुनेछन् वास्तुशास्त्रीको यस्तो छ दावी( भिडियो हेर्नुस्)



 

काठमाडौ । केही दिन अघि वास्तुविदले सिंहदरवार र संसद भवनको वास्तु नमिलेका कारण नेपालमा राजनीति अस्थिर हुने भन्दै तर्क दिएपछि त्यसको निकै चर्चा भयो । राजनीतिक परिवर्तन पछि बनेका शक्तिशाली सरकार पनि अस्थिर हुनुमा वास्तुदोष रहेको बताइएको थियो । नयाँ बानेश्वरस्थित बि आई सि सि भवनलाई सांसद भवन बनाएको हो । वास्तुदोषकै कारण सो भवनबाट सबैभन्दा धेरै नेपालको आर्थिक स्थिति कमजोर हुन पुगेको तर्क पनि वास्तुविदहरुको थियो ।

नेपालमा लामो समयदेखि वास्तु शास्त्रको खोज तथा अनुसन्धानमा लागिरहेका वास्तुविद् सुरेशचन्द्र रिजाल “शिव”ले प्रधानमन्त्री तथा सांसद भवनको वास्तु नमिलेको कारण यस्ता समस्या बारम्बार आइरहने बताएका हुन् । देशको प्रगतिका लागि वास्तु मिलाउनु अपरिहार्य भएको सुझाव दिइए पछि अहिले सिंहदरवारको वास्तु मिलाइएको छ ।

भुकम्पले क्षती गरेको सिंहदरवारको मुल मोहडा मध्य उत्तर,पूर्व तथा दक्षिण मोहडाको पुनर्निर्माण कार्य सम्पन्न भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अब सिंहदरवार प्रवेश गर्र्ने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार सिंहदरबारमा प्रवेश गर्ने कार्यक्रम छ । गत साल चैत २ गतेपछि बालुवाटारबाट सिंहदरबारस्थित आफ्नो कार्यालयमा कामका लागि पुगेका छैनन् ।

११ महिनापछि फागुन ३ गते सोमबार सिंहदरबारको आफ्नो कार्यालयमा भित्रिने शुभ साइत जुरेको छ । शुभ साइतमा नै सिंह दरवार प्रवेश गर्ने भवनको पनि वास्तु मिलाइएको छ । वास्तु शास्त्रको नियम पालना गर्दै निर्माण भएको नवनिर्मित भवनमा प्रवेश गरे लगत्तै प्रधानमन्त्रीलाई झन् शक्तिशाली हुने पनि वास्तुविदहरुको दावी छ । सोमबार प्रवेश कालागि शुभ साइत जुरेको प्रमुख तीन मोहडा वास्तुका हिसाबले अत्यन्तै शुभ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता