Logo

सम्पत्तीका लागि दिदी भिनाजुले ४० लाख दिएर भाईको परिवार नै सिध्याउने योजना, यसरी खुल्यो रहस्य (भिडियो हेर्नुस्)



काठमाडौ । सिन्धुलीका कृष्णहरी खड्का अहिले काठमाडौको कपनमा बस्छन् । २०६७ सालमा वुवाको निधनभयो । परिवारमा तीन दिदी बहिनी र एक भाई थिए । भाई काठमाडौमा पढाईको सिलसिलामा थिए ।

सिन्धुलीमा रहेकी एक युवतीसंग भाईको प्रेम थियो । उनको नाम कल्पना बस्नेत हो । उनीसंग विवाह भयो । विवाह पछि दिदी भिनाजुको अनावश्यक दवाव सुरु भयो । आफुले भने अनुसार गर्नुपर्छ भनेर वुहारीलाई अनावश्यक दवाव दिइन थालेको आफुले थाहा पाए ।

तिन दिदीहरुको विवाह भइसकेको थियो । वुवाको निधन पछि उनको सम्पत्तीमा दिदीहरुले पनि आश गरे । करोडौको जग्गा बुवाको नाममा थियो । वुवाको निधन पछि आमाको नामवाट माइलो दिदीले आफुले नाममा जग्गा गराइन् । भाईले सल्लाहले माग्दा दिदीले दिइनन् । काठमाडौमा दिदीलाई घर पनि वुवाले नै बनाइदिएको उनलाई थाहा भएपनि उनले दावी गरेनन् ।

तर सिन्धुलीमा भएको सम्पत्तीमा विवाह भएर गएका दिदीहरुले दावी गर्न नपाउने उनको दावी हो । उनीहरुले सिन्धुली जिल्ला अदालतवाट आमा र आफ्नो अंशियार बनाएर दिदीवाट आफ्नो नाममा जग्गा आयो । त्यस मध्य केही जग्गा दिदीले नै बेचिसकेकी थिइन् । आफु सिधा भएका कारण जहिले पनि दिदी भिनाजुहरुले निकै दवावमा राख्ने गरेको पनि भाइको भनाई छ ।

भाई सिधा छ त्यस्तै सिधा बुहारी ल्याएपछि सबै सम्पत्ती आफुले चलाउन पाइन्छ भन्ने सोच दिदी भिनाजुको रहेको आफुले थाहा पाएको भाईले बताएका छन् । तर बुहारीले उनीहरुको दवाव नमान्न थाले भान्जा समेतले आफुहरु माथि अनेक आरोप लगाउने गरेको उनको भनाई छ । तर अवस्था यति सम्म पुग्यो की दिदी भिनाजुले ४० लाखको सुपारी दिएर भाईको परिवार नै सिध्याउन खोजेको कुरा खुलेपछि भाई अहिले सार्वजनिक रुपमा वाहिर आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता