Logo

नेपालमा पुनः नयाँ प्रजातिको कोरोनाको आंशका !



काठमाडौं । नेपालमा कोरोना भाइरसको प्रजाति पहिचानका लागि ‘जिन सिक्वेन्सिङ’ गर्ने तयारी थालिएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। कृष्णप्रसाद पौडेलकाअनुसार नेपालमै जिन सिक्वेन्सिङ गर्ने तयारी थालिएको हो । विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा हुनेगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा जिन सिक्वेन्सिङ गरिनेछ ।

महाशाखाका निर्देशक डा। पौडेलले भने, ‘कुनै ठाउँमा कोरोना भाइरस संक्रमण फैलियो, कोही ठाउँमा गम्भीर बिरामी बढे अथवा मृत्युदर बढ्दै गयो भने जिन सिक्वेन्सिङ गर्न सकिन्छ ।’ उनले जिन सिक्वेन्सिङका लागि प्रोटोकल तयार रहेको भन्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै जिन सिक्वेन्सिङ गराउने प्रयास जारी रहेको बताए । जिन सिक्वेन्सिङका लागि सरकारी प्रयोगशालालाई पहिलो प्राथमिकतामा राखिने राष्ट्रिय स्वास्थ्य नीति २०७६ मा उल्लेख छ ।

यसैबीच, कोरोना भाइरस संक्रमितको संख्या घटिरहेको बेला नेपालमा पुनः नयाँ प्रजातिको कोरोना संक्रमण देखिन सक्ने भन्दै सचेत रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । कोरोना कहर नसकिएको भन्दै हेलचेक्र्याइँ नगर्न आग्रह गरेको हो । बेलायतबाट फर्किएका तीन जनामा नयाँ भेरियन्ट ९प्रजातिको कोरोना भाइरस देखिएपछि अन्य व्यक्तिमा पनि सो भेरियन्ट हुनसक्ने आंशका गरिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नयाँ प्रजाति देखिएका तीन जनाको कन्ट्रयाक्ट ट्रेसिङ गर्दा अन्य व्यक्तिमा ‘एस जिन’ नेगेटिभ आएपछि उनीहरूमा पनि नयाँ भेरियन्ट कोरोना भाइरस भएको आंशका गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता