Logo

नेपालमा पश्चिमी वायुको प्रभाव कायमै, केही स्थानहरुमा हिमपातको सम्भावना



हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। प्रदेश न १, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक देखि सामान्य बदली र गण्डकी तथा वाग्मती प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

सोमबार देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। देशका पहाडी भू(भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । आज देशभर तापक्रममा हल्का गिरावट आउन सक्नेछ ।

राती प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही बाँकि पहाडी भू(भागका धरैजसो स्थानमा आंशिक बदलीको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू(भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू(भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

देशका पहाडी भू(भागका थोरै स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का हिमपातको सम्भावना तथा तराईका केही भू(भागमा बिहानीपख हुस्सुरकुहिरो लाग्न सक्ने हुदा तापक्रममा सामान्य गिरावट आउन सक्ने देखिएकोले यसबाट जनजीवन र यातायातमा पर्न सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौैसम पूर्वानुमान महाशाखाले अुरोध गरेको छ ।

मंगलबार प्रदेश नं १ लगायत देशका अन्य पहाडी तथा हिमाली भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि भू(भागहरुका आंशिक बदलीको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू(भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू(भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता