Logo

प्रेम दिवशको दिनमा काठमाडौमा एकै दिन २ पुरुषको शव यसरी फेला



काठमाडौं। काठमाडौंमा एकै दिन दुई जना पुरुषको शव फेला परेको छ । एक जनाको शव उनी डेरा गरेर बस्ने कोठामै फेला परेको हो भने अर्काको शव नदि किनारमा भेटिएको प्रहरीले जनाएको छ ।

कागेश्वरी मनहरा नगरपालिका ६ मुलपानी लालीगुराँस टोल डेरा गरी बस्ने नुवाकोट दुप्चेश्वर नगरपालिका९४ घर भएका ३७ वर्षीय दिपेश लामा मृत फेला परेका हुन्। उनी आफ्नै कोठामा शनिवार मृत अवस्थामा फेला परेका प्रहरीले जानकारी दिएको छ।

यसै गरी काठमाडौं महानगरपालिका९८ स्थित बागमती खोला किनारमा अर्का एक पुरुष मृत भेटिएका छन्। काठमाडौं महानगरपालिका९७ मैजुबहाल डेरा गरी बस्ने सिन्धुपाल्चोक हेलम्बुका ४५ वर्षीय रजुनमान श्रेष्ठ मृत अवस्थामा फेला परेका हुन्। दुवै घटनामा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। अहिले सम्म घटनाको कारण खुल्न नसकेको प्रहरीको भनाइ छ ।

यो अर्को समाचार, बीबीसीद्धारा सार्वजनिक गर्ने विश्वको एक सय प्रभावशाली महिलाको सुचीमा परेकी सपना रोका मगरले आफूलाई अ भ द्र व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन्।

मगरले आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा विनयजङ्ग बस्नेत विरुद्ध उजुरी दर्ता गराएकी हुन्। विनयजंग काठमाडौं बाहिर रहेको बुझिएको प्रहरीको भनाई छ।

बस्नेतले आफूसँग सपनाको अ श्ली ल फोटोहरू भएको र सार्वजनिक गर्ने ध म्की दिँदै आएका थिए। उनले विभिन्न युटुव च्यानलमा फोटोहरू सार्वजनिक गर्ने अन्तर्वार्ता दिएका थिए। त्यसैलाई आधार बनाएर सपनाले प्रहरीमा अ भ द्र व्यवहारमा उजुरी दिएकी हुन्। प्रहरीले पक्राउ पुर्जी लिएर बस्नेतलाई पक्राउ गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता