Logo

अन्तत सपना विनयजंग बस्नेत वि’रुद्ध उ जुरी दिन आइतवार पुगीन् काठमाडौ प्रहरी परिसर, विनयजंगसंग भएका अन्य युवती पनि ख’तरामा !



काठमाडौं । विश्वको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले विनयजङ्ग बस्नेतविरुद्ध जाहेरी दिएकी छन् । बस्नेतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै मगरले आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी हुन् । रोकाको उजुरी दर्ता भैसकेको छ । प्रहरीले बस्नेतलाई पक्राउ पुजी जारी गर्ने तयारी गरेको छ ।

‘मुद्दा शाखामा अभद्र व्यवहारमा जाहेरी दर्ता भएको काठमाडौं प्रहरी परिसरका प्ररमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)अशोक सिंहले पुष्टि गरेका छन् । उनले अब छिटै विनयजंगलाई पक्राउ गर्ने बताएका छन् । काठमाडौंमा बेवारिसे शव जलाउने बस्नेत र सपनाले एकअर्कालाई बाबु९छोरीका रुपमा चिनाउँदै आएका थिए । सपना विश्वकै १०० प्रभावशाली महिलाको सूचीमा परेपछि भने उनीहरुको सम्बन्ध बिग्रिएको थियो ।

विनयजंगले सपनाको नां गो तस्बिर आफ्नो मोवाइलमा भएको र त्यो सार्वजनिक गरिदिन्छु भन्दै खुलेआम चेतावनी दिएका थिए । आफुले छोरी मानेकी सपनाका त्यस्ता तस्बिर आफुसंग भएको भन्दै आफुविरुद्ध लाग्ने सबैलाई सि ध्या इ दिन्छु भनेपछि उनी विवादित भएका थिए । पूर्व प्रहरी एसएसपी तथा अधिवक्ता किवागं हागं राईले विनयजंग संग भएका अन्य युवतीहरु पनि खतरामा रहेकाले उनीहरुको पनि तत्काल उद्दार गर्नुपर्ने बताएका छन् ।

सपनालाई जस्तै परिवन्धमा पारेर विनयजंग युवतीहरुलाई राखेको हुनसक्ने भन्दै उनीहरुको उद्दार गर्नुपर्ने राईको भनाई छ । सपनालाई आफुले भनेको नमान्दा यसरी नियोजित रुपमा लाग्ने विनयजंग अन्य महिला र युवतीहरुलाई पनि परिबन्धमा पारेको हुनसक्ने उनको अनुमान छ । उनी सपनाका लागि संस्था दर्ताका लागि सहयोग गर्ने अधिवक्ता हुन् । सपना आफ्नो छुट्टै संस्था दर्ता गरेर वेवारिसे शव ब्यवस्थापनमा फेरी सकृय भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता