Logo

छोरोले आमालाई प्रेमीको साथ यस्तो अवस्थामा देखेपछि!



एजेन्सी । जवान छोराले आमालाई आफ्ना प्रेमीका साथ देखेकै कारण ज्यान गुमाउनु परेको छ । होस्टलमा बस्दै आएका जेठो छोरा छुट्टीमा घर आएका थिए । एक दिन छोरा बाहिर गएको बेलामा आमाले प्रेमीलाई बोलाइन् । तर जेठो छोरा समय भन्दा पहिले घर फर्किए ।

उनले आमालाई प्रेमीसंग आ’प’त्ती’जनक अवस्थामा देखे । सम्बन्ध खुल्ने ड’रले प्रेमीसंग मिलेर आमाले नै छोराको ज्यान लिइन् । घटना भारतको हो । श्रीमान् दिल्लीमा काम गर्थे र श्रीमती घरमै उनको पाँच बर्षे छोराको साथ एक्लै बस्दै आएकी थिइन् । जेठो छोरा भने होस्टलमा बस्दै आएका थिए । महिला बिहारको गोपालगंजमा बस्ने गर्थिन ।

लकडाउनको समयमा होस्टलवाट घर आएका छोराले आमाको बारेमा थाहा पाए । उनले आमालाई त्यस्तो नगर्नु भनेर सम्झाए । तर आमाले छोराको कुरा सुन्नुभन्दा पनि उनलाई नै हटाउने उपाय सोचिन् । एकाएक छोरा हराए । उनको खोजी थालियो । प्रहरीकहाँ आमा नै छोरा खोजी गर्न भन्दै निवेदन लिएर गइन् ।

भारतीय मिडिया डेली ह’ण्ट’मा छापिएको समाचार अनुसार १२ बर्षे किशोर मनीष कुमार हराएका थिए । प्रहरी महिलाको घरमा पुग्दा छोरा हराएकोमा निकै दुखी बनेको नाटक गरिरहेकी थिइन् । मनिषकी आमा धर्मशीला देवीले छोराको अवस्था पत्ता लगाउन प्रहरीसंग अनुरोध पनि गरिन् ।

आमाले गरेको यस्तो ब्यवहारवाट कसैले पनि कल्पना पनि गर्न सकेनन् की घटनाको पछाडी आमा नै कारण हुन् । उनले छोरा हराउनुमा आफन्त माथि शंका लागेको भन्दै प्रहरीमा निवेदन दिएकी थिइन् । तर अनुसन्धानका क्रममा प्रहरीले वास्तविकता पत्ता लगायो । प्रहरीले आमाका प्रेमी र आमालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता