Logo

हेल्मेट नलगाएको विषयमा गोंगबु बसपार्कमा दुई ट्राफिक प्रहरी र स्कुटर चालकबीच कु’टा’कु’ट!



काठमाडौं । गोंगबुमा बरखी बारेका व्यक्ति र दुई जना ट्राफिक प्रहरीबीच हेल्मेट नलगाएको विषयमा झ’ग’डा भएको छ।

सेतो पाटीका अनुसार शुक्रबार साँझ काठमाडौंको गोंगबु बसपार्कमा ३० वर्षीय आसिफ देउला र दुई जना ट्राफिक प्रहरीबीच झ’गडा भएको ट्राफिक प्रहरीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए। बुढानिलकण्ठ नगरपालिका(३ बस्ने देउलाले बरखीका कारण हेल्मेट लगाएका थिएनन्।

‘सुरूमा सामाखुसीमा ट्राफिक प्रहरी र देउलाबीच हेल्मेट नलगाएको विषयमा वि’वाद भएको थियो,’ प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘बरखी भनेपछि ट्राफिकले कागजपत्र देखाउनु भन्दा नदेखाउने जस्तो कुरा गरे।’ ‘त्यसो भए चौकी जाऔं’ भन्दै ट्राफिक प्रहरीले उनलाई गोंगबु बसपार्क गेटसम्म ल्याए।

त्यसपछि चौकीतिर आउन नमानेर सिधै जान खोजेपछि वि’वा’द भएको श्रेष्ठले बताए। ‘वि’वा’द भएपछि स्कुटर चालकले आफूलाई ट्राफिकले कु’टे’को भन्छ। ट्राफिकको कुरा सुन्दा आफूमाथि पहिले हा’त’पा’त गर्‍यो भन्छ,’ उनले भने।

फाइल तस्विर
एक जना ट्राफिक प्रहरी र स्कुटर चालक झ’गडा गरिरहेको देखेपछि नजिकै रहेका अर्का ट्राफिक प्रहरी पनि त्यहाँ गएर देउलामाथि कु’ट’पि’ट गरेको उनले बताए।

त्यहाँ ट्राफिकका प्रहरी जवान विवेक नकाल र देवानन्द साह थिए। कु’ट’पि’ट भएपछि देउलालाई उपचारको लागि काठमाडौंको पिपुल्स अस्पताल लगिएको छ।

अस्पतालका डा। प्रतिक्षा तिवारीका अनुसार उनको बाहिरी चो’ट देखिएको छैन। यस विषयमा अनुसन्धान पनि अघि बढाएको प्रहरी निरीक्षक शंकर श्रेष्ठले बताए। ‘सर्वसाधरणहरूले भिडिओ पनि खिचेको भनेका छन्। खास कुरा केहो भन्ने भिडिओ हेरेर पनि थाहा होला।

अहिले मैले पाइसकेको छैन,’ उनले भने, ‘जे भए पनि बाटोमा मान्छेले कु’ट्यो भन्दैमा अरू मिलेर कु’ट्न पाइन्न। राष्ट्रसेवक भएपछि झनै शंकित हुनुहुन्न,’ उनले भने। उनीहरूमाथि अनुसन्धान गरी आवश्यक परेमा कारबाहीसमेत गर्ने प्रहरी निरीक्षक श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता