Logo

मजाक होइन साँच्चै १ आइफोन किन्नका लागि मृगौला बेचे पछि ‘।



एजेन्सी । एप्पल कम्पनीले आइफोनको नयाँ मोडल बजारमा ल्याएसँगै इन्टरनेटमा विभिन्न मीमहरु चर्चामा आउँछन् ।

यीमध्येको एउटा मजाक हो आइफोन किन्नको लागि हामीले आफ्नो मृगौला बेच्ने कुरा । तर, के तपाइँलाई थाहा छ रु १७ वर्षका एक किशोरले यो मजाकलाई साँच्चिकै वास्तविकतामा रुपान्तरण गरिदिए । उनले आइफोन किन्नका लागि वास्तवमै आफ्नो मृगौला बेचे ।

लाइफस्टाइल म्यागजिन भाइसको रिपोर्टअनुसार वांग शांगुन नामका एक किशोरले आइफोन किन्नको लागि साँच्चिकै आफ्नो एउटा मृगौला बेचेका थिए ।

चीनका यी किशोरले २०११ मा मृगौला बेचेका थिए जतिबेला उनी १७ वर्षका थिए । त्यतिबेला उनले आइफोन ४ र आइप्याड २ किन्नको लागि आफ्नो एउटा मृगौला ३ हजार २७३ डलरमा बेचेका थिए

। चीनको अनहुइ प्रान्तका वांग अहिले २५ वर्षका भए । र, अहिले उनका लागि ११ वर्षअघि गरेको त्यो गल्तीले निकै भयानक परिणाम लिएर आएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता