Logo

एक्कासी कतारवाट आएर दिपकले अर्काको श्रीमती र छोरा लिएर फरार (भिडियो हेर्नुस्)



काठमाडौ । पैसा कमाउन कतार गएका दिपक परियार कसैलाई थाहा नदिई नेपाल आए । नेपाल आएपछि लोकवहादुर सुनारकी श्रीमती मञ्जु सुनारलाई लिएर फरार भए । यता दिपकका भने ६ वर्षका छोरा सहितकी श्रीमती छन् ।

दिपकसंग गएकी मञ्जुका श्रीमान पनि वैदेशिक रोजगारीका लागि वाहिर छन् । मञ्जु आफ्नो सानो छोरा लिएर दिपकसंग गएकी हुन् । मञ्जुले आफ्नो मोवाइलमा कनेक्ट गरेको इमो आइडी विदेशमा रहेका श्रीमानले पनि कनेक्ट गरे । श्रीमती मञ्जुले दिपकसंग कुराकानी गरेको उनले पनि थाहा पाए ।

दिपककी श्रीमती सुशिला भने यो सबैकुरावाट वेखबर थिइन् । जब उनका श्रीमान दिपक नेपाल आएर मञ्जुलाई लिएर हिडेको कुरा थाहा पाइन् उनी छाँगावाट खसेजस्तो भइन् । यो घटना बाँकेको सिमलघारी र सितापुरको हो ।

सितापुर गाउँमा मञ्जु सुनार बस्छन् भने सिमलघारीमा दिपक बस्छन् । दिपक नेपाल आएर श्रीमती सुशिलालाई खबर गर्दैनन् मञ्जुलाई फोन गरेर दुई जना हराउँछन् । अहिले माघ ४ गतेवाट मञ्जु र दिपक सम्पर्क विहिन भएका छन् । उनीहरु

लोकबहादुर जो वैदेशिक रोजगारीका लागि साउदीमा रहेका मञ्जुका श्रीमान पनि अहिले श्रीमतीको यस्तो ब्यवहारवाट चिन्तित छन् । नाती सहित मञ्जु हराएपछि सासु ससुराको बेहाल भएको छ । उनीहरुको बलिन्द्र धारा आँशु बगाउँदै खोजी गरिदिन आग्रह गरेका छन् ।

यता दिपकको श्रीमतीले श्रीमानले गल्ती गरेर गए पनि एक पटक घर आउन आग्रह गर्दै म्यासेन्जरमा म्यासेज पठाइन् । उनले छोराको फोटो समेत पठाइन्, छोराको फोटो देखेर मन पग्लिन्छकी भनेर उनले पठाएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता