Logo

नियमित स्वास्थ्य चेकजाँचका लागि नेता खनाल दिल्ली प्रस्थान



काठमाडौँ । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल उपचारका क्रममा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

पूर्वप्रधानमन्त्री खनाल उपचारका क्रममा विहान ११ बजे नेपाल एयरलाइन्सको उडानबाट दिल्ली उडेको खनालका स्वकीय सचिव कृष्णप्रसाद भट्टराईले जनाकारी दिए।

नियमित फलोअपका लागि दिल्ली गएका खनाल चार दिनपछि फर्कने उनले बताए । नेता खनालको भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार हुनेछ ।

केही समय अघिदेखि स्वास्थमा केही समस्या देखिएका कारण खनाल चीन जान चाहेका थिए। तर चीनमा १४ दिन क्वारेन्टिनमा बस्नै पर्ने बाध्यताका कारण उनी दिल्ली गएको पारिवारिक स्रोतले जनाएको छ।

खनालका साथ श्रीमती रविलक्ष्मी चित्रकार पनि दिल्ली गएकी छन्।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता