Logo

मोरङ र सुनसरीमा भएका दुर्घटनामा दुई जनाको निधन



काठमाडौँ । मोरङ र सुनसरीमा भएका दुर्घटनामा दुई जनाको निधन भएको छ ।

मोरङको सुनवर्षी नगरपालिका–४ स्थित बटरबारी सडक खण्डमा बिहीबार राति भएको ट्याक्टर दुर्घटनामा चालक सुनवर्षी–४ का २३ वर्षीय मिथिलेश यादवको निधन भएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा रंगेली अस्पतालमा राति साढे १० बजेतिरनिधन भएको प्रहरीले जनाएको छ ।

को १ त ३६७० नम्बरको खाली ट्याक्टर आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–४ मा दुर्घटनामा परेर सह–चालकको निधन भएको छ ।

आज बिहान भएको दुर्घटनामा ट्रकका सह–चालक ३० वर्षीय विशाल खड्काको घटनास्थलमै निधनभएको प्रहरीले जनाएको छ । उनको ठेगाना खुलेको छैन ।

ना ६ ख ६५५१ नम्बरको ट्रक ब्रेक फेल भएर बिहान ४ बजेतिर दुर्घटनामा परेको हो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता