Logo

झाँक्रीलाई तत्काल रिहा गर्न कांग्रेसको माग



काठमाडौँ . नेपाली काँग्रेसले नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जारी गर्दै उनको तत्काल रिहाइ गर्न माग गरेका हुन ।

‘नेपाली कांग्रेस संयमपूर्वक यसको समाधान पहिल्याउन अपील गर्दै नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई अविलम्ब रिहा गर्न माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

उनले संविधानले सुरक्षित गरेको अभिव्यक्ति स्वतन्त्रताको मर्यादा राख्न नेकपाको दुबै पक्षलाई आग्रह गर्दै अभिव्यक्तिलाई नै राज्य विरुद्धको अपराध करार गरेर अधिनायक चिन्तन साथ प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई सजग गराएका छन्।

‘एकपक्षीय रूपमा पूर्वाग्रहपूर्ण ब्यवहार गरेर अभिव्यक्तिलाई नै राज्य विरुद्धको अपराध करार गरेर अधिनायक चिन्तन साथ प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई सजग गराउँदछौं’, शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यस्तो छ विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता