Logo

गि’र फ्तारी दिनु अघि प्रहरीकै माइकवाट रामकुमारीले गरिन् यस्तो भाषण प्रधानमन्त्री र ‘ राष्ट्रपतिको अन्त्यको दिन आएछ



काठमाडौं । प्रहरीले आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ । उनलाई विहिवार दिउसो निवासवाटै प्रहरीले पक्राउ गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको जनाएको छ । राज्य विरुद्धको कसुर दफा ५८ अनुसार पक्राउ पुर्जी दिइएको हो ।

प्रहरीले छलफलका लागि बोलाउँदा नगएपछि झाँक्रीलाई पक्राउ गर्न प्रहरी घरमै पुगेको थियो । सो क्रममा आन्दोलनरत समुहका कार्यकर्ताले चर्को नारावाजी गरेका थिए । झाँक्रीले राजनीतिक विषय भएकाले आफुलाई पक्राउ पुर्जी लिएर पक्राउ गर्न आउन जवाफ दिएकी थिइन् । सोही अनुसार प्रहरी पक्राउ पुर्जि लिएर पक्राउ गर्न पुगेको हो ।

प्रहरीलाई गिरफ्तारी दिनु अघि उनले मन्तब्य समेत दिएकी छन् । प्रहरीकै माइकवाट मन्तब्य दिएकी उनले लोकतन्त्रका लागि भन्दै जनआन्दोलनमा सहभागी हुँदा आफुले यस्तो दिन देख्नुपर्ला भन्ने नसोचेको बताइन् । उनले लोकतन्त्रमा पनि अभिब्यक्ति दिएकै कारण पक्राउ गरिनु निरंकुशता भएको टिप्पणी गरिन् ।

‘सरकारको आदेश अनुसार म आफ्नै निवासबाट गिरफ्तारि दिँदै छु’, उनले प्रहरीकै माइक प्रयोग गदैै भनिन्,‘ तमाम युवा साथीहरूलाई मायाका लागि न्यानो अभिवादन।’ उनले राज्यको कानून पालना गर्न आएका प्रहरीमाथि कुनै अमर्यादित व्यवहार भए क्षमायचना गर्ने बताइन् । यसअघि झाँक्रीले गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले सक्रिय राजनीति गरेको भन्दै आलोचना गरेकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता