Logo

बैतडी पुगेर सञ्चारकर्मी लामिछानेले भने : भागरथीको न्यायका लागि सबैजना जागौँ



काठमाडौँ । सञ्चारकर्मी रवि लामिछाने बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यारालाई कारबाहीको माग राखेका छन् ।

उनको न्यायको मागसहित बैतडी पुगेको सञ्चारकर्मी लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन । उनले फेसबुकमा लेखेका, ‘भागरथी नानीको न्यायको लागि हामी बैतडीमा, जागौँ सबैजना १’

भागरथी हत्याका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ । उनको बलात्कार पछि हत्या गरिएको पुष्टि भएको छ । घटनालाई लिएर विभिन्न राजनीतिक दल तथा स्थानीयले न्याय माग्दै प्रदर्शन जारी राखेका छन ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता