Logo

आज प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शनः ११ बजेबाट जुलुस सुरु हुने



काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले आज काठमाडौमा बृहत जनप्रदर्शनसहित विरोध सभा गर्दैछ । प्रतिनिधिसभा विघटनको विरोधमा आयोजित यो कार्यक्रमलाई सो पार्टीले आफ्नो शक्ति प्रदर्शनका रुपमा लिएको छ । सभामा दुई लाख मानिस सहभागी हुने नेकपा प्रचण्ड–माधव पक्षको भनाइ छ ।

भृकुटी मण्डमा हुने विरोध सभामा सो पार्टीका शीर्ष नेताले सम्बोधन गर्दैछन् । सभाअघि ११ बजे उपत्यकाका विभिन्न ५ स्थानबाट विरोध जुलुस निकालिने छ । विरोधसभा अघि पुल्चोक, कुपण्डोल, माइतीघर, जमल, लैनचौरबाट छुट्टाछुट्टै निस्कने जुलुस सुनधारामा मुल जुलुसमा परिणत हुनेछ । मूल जुलुस जमल घण्टाघर, पुतलीसडक हुदै भृकुटीमण्डमा पुगेर सभामा परिणत हुनेछ । जुलुसको नेतृत्व केन्द्रीय नेताहरुले गर्नेछन् ।

केन्द्रीय संघर्ष समितिले सबै सहायक जुलुस ११ बजे शुरू हुने बताएको छ भने मूल जुलुस १२ बजे सुन्धाराबाट शुरू हुनेछ ।

अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालले प्रतिगमनविरुद्धको विरोधसभा सहभागी हुन सर्वसाधारणलाई भिडियोमार्फत अपिल गरेका थिए । यसैबीच ट्राफिक प्रहरीले जुलुस र विरोध प्रदर्शनलाई मध्यनजर गर्दै ती स्थानहरुमा ट्राफिक व्यवस्थापन मिलाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता