Logo

आखिर किन विवाहको केहि घण्टा पछि नै दुलहीले नदीमा हाम फालिन्रु दुलहा किनारामा बसेर मात्र एकोहोरो हेरिरहे



एजेन्सी । भर्खरै विवाह गरेकी एक वेहुलीले बेहुलाकै अगाडी नदिमा हा मफालेकी छन् । विवाह गरेर माइतवाट विदाई भएर बेहुलासंगै गएकी एक युवतीले वेहुलाको घर पुग्नु अघि नै नदिमा हामफालेकी हुन् ।

यो घटना भारतको हो । भारतको राजस्थान र मध्यप्रदेश राज्यको सीमामा भएको यो घटनाले फेरी एक पटक भारतमा तरंग पैदा गरेको छ । उनी बेहुलासंग गाडीमा थिइन् ।रहेको पाली ब्रिजमा पुगेको थियो ।

उनले गाडी रोक्न भनिन् र पुलवाट हा मफालिन् । आइतबार बिहान अञ्जु नामकी दुलहीले यस्तो गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

नदिमा हा मफालेकी उनलाई सोमवार सम्म पनि फेला पार्न सकिएको छैन । घटनापछि दुलहीका माइती र घर पक्षका सदस्य पनि नदिमा पुगेका छन् । अकस्मात भएको यस्तो घटनाले अचम्म परेका बेहुला नदि किनारमा बसेर टोलाइरहेका छन् ।

प्रहरीका अनुसार अल्लापुर गाउँमा बस्ने रामप्रसाद सैनीकी छोरी अञ्जुको शनिवार विवाह भएको थियो । उनलाई माइतीले विदाई गरेर घर पठाए । अञ्जुलाई लिन मध्यपुरको श्योपुर जिल्लाबाट जन्ती गएको थियो ।

शनिवार विवाह सम्पन्न भएपछि आइतवार बेहुला र जन्ती सहित छोरीलाई अञ्जुको वुवा आमाले विदाई गरे । वेहुलीलाई गाडीमा राखियो । तर दुलहीले राजस्थान र मध्य प्रदेशको सीमामा रहेको पाली ब्रिजमा पुग्ने बित्तिकै चालकलाई आफूलाई बान्ता आउन लागेको भनेर गाडी रोक्न लगाइन् । तर चालकले गाडी नरोक्ने वान्ता आए गाडीवाटै गर्नु भनेर जवाफ दिए । तर उनले आफुलाई निकै गाह्रो भएको भन्दै चालकलाई फेरी आग्रह गरिन् ।

त्यती भन्दा पनि चालकले नमानेपछि उनले चालकको हात नै समातिदिइन् । वेहुलीले चालकको हात समातेपछि गाडीको सन्तुलन बिग्रन गयो अनि चालकले कुनै दुर्घटना नहोस् भनेर गाडी रोकिदिए ।

गाडी रोकिनासाथ गाडीवाट झरेकी उनी दैडिदै गएर पुलको रेलिङमा चढेर हाम फालिन् । बेहुला र उनका परिवारले हेर्दाहेर्दै उनी नदिमा बिलाइन् । केहीवेर उनी नदिमा डुबिन् अनि एकछिन पछि पानी माथि तैरिएकी थिइन् । पानी माथि आउँदा उनी छ टपटाइरहेकी थिइन् । तर त्यहँ उपस्थितमध्ये कसैलाई पनि पौडी खेल्न नआउने भएकोले दुलहीलाई सहयोग गर्न नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता