Logo

सजग बन्यो नेकपा १ कार्यकर्तालाई निर्देशन दिँदै योगेशले भने– ‘तीनवटा भन्दा चौथो नारा कसैले लगाए समाएर यहाँ बुझाउनुहोला



’काठमाडौ । संसद विघटन विरुद्ध आन्दोलनमा रहेको नेकपाको समुहले सडकमा लगाएको नाराका कारण विवादित बन्यो । राष्ट्रपति र प्रधानमन्त्रीलाई लक्षित गरेर लगाएको नाराका कारण विवादित भएपछि अहिले सो समुह चनाखो भएको छ ।

आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रचण्ड–नेपाल पक्षले बुधवार राजधानीमा फेरी विरोध सभाको आयोजना गर्न लागेको छ । विरोध सभाको तयारीका लागि मंगलवार मार्चपास निकालेको छ । भृकुटीभण्डपबाट शुरू भएको मार्चपास पुतलीसडक, बागबजार हुँदै भृकुटीमण्डपमै आएर समापन भयो ।

मार्चपासमा सहभागी हुने ५ सय स्वयं सेवकलाई सम्बोधन गर्दै नेकपा(प्रचण्ड नेपाल समूहका प्रभावशाली युवा नेता योगेश भट्टराईले ३ वटा मात्र नारा लगाउन सहभागीलाई निर्देशन दिए । उनले सभा र विरोध र्यालीलाई विवादित नबनाउने प्रति सचेत गराए ।

साथीहरू तीनवटा मात्र नारा लगाउनुहोला– भोलिको विरोध प्रदर्शन सफल पारौं १ नेपाल कम्युनिस्ट पार्टी नेकपा जिन्दावाद १ प्रतिगमन मुर्दावाद १ योगेशले भने, ‘तीनवटा भन्दा चौथो नारा कसैले लगायो भने एउटा स्वयंसेवकले अर्को स्वयंसेवकलाई समातेर यहाँ बुझाउनुहोला ।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता