Logo

‘राम तेरी गंगा मैली’ अभिनेता राजीवको निधन



एजेन्सी । बलिउड अभिनेता, निर्माता तथा निर्देशक राज कपूरका कान्छा छोरा राजीव कपूरको मंगलबार मुम्बईमा निधन भएको छ । ‘राम तेरी गंगा मैली’ फिल्मबाट चिनिएका अभिनेता राजीवको हृदयघातका कारण निधन भएको हो । राजीवसँग अन्तिम अवस्थासम्म उनको ठूलो दाजु रणधीर कपुर थिए । उनी ५८ वर्षका थिए ।

गत वर्ष अभिनेता ऋषि कपूरको निधन पछि कपूर परिवारमा मंगलबार अर्को शोक परेको हो । बिहानसम्म स्वास्थ्यमा कुनै समस्या नदेखिएका राजीवले खाजा खाएपछि केही अप्ठ्यारो महशुस गरेका थिए ।

‘मैले आफ्नो कान्छो भाई राजीवलाई गुमाएँ । डाक्टरहरुले निकै प्रयास गर्दा पनि उसलाई बचाउन सकेनन्’, रणधीरले भनेका छन् । राजीवले फिल्म ‘एक जान हे हम’बाट बलिउडमा अभिनेताका रुपमा डेब्यू गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता