Logo

इन्टरनेट प्रयोग गर्दा डाटा चोरिने डर, यसरी हुन सकिन्छ सुरक्षित



काठमाडौं । इन्टरनेट हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । इन्टरनेटविना मानिसको दैनिकीमा नै प्रभाव पार्न थालेको छ ।
आजको समयमा इन्टरनेटबाट महत्त्वपूर्ण डाटा चोरी हुने सम्भावना पनि उत्तिकै हुन्छ । विश्वमा साइबर सुरक्षालाई लिएर विभिन्न नीति बनाइएका छन् ।

हामीले प्रयोग गर्ने मोबाइल तथा ग्याजेटबाट डाटा चोरी हुने सम्भावना हुन्छ । यस्ता चुनौतीलाई हामीले सामना भने गर्न सकिन्छ ।

तपाईं अनलाइन आउँदा, मोबाइल प्रयोग गर्दा, तस्वीरहरु खिच्दा, कुनै चीज सर्च गर्दा पनि डाटा चोरी भइरहेको हुनसक्छ ।
त्यसैले गुगल या अन्य ब्राउजरमा केही खोजी गर्दै हुनुहुन्छ भने सुरक्षित रहन पनि सकिन्छ । डाटा चोरी हुन नदिनबाट कसरी जोगिने रु

ब्राउजिङ गर्दा इंकोग्निटो मोड प्रयोग गर्ने

हरेक ब्राउजरमा इंकोग्निटो मोड हुन्छ । कुनै ब्राउजरमा प्राइभेट मोड भनेर नाम दिइएको हुन्छ । इन्टरनेटमा कुनै चीज खोजी गर्दा इंकोग्निेटो या प्राइभेट ब्राउजर प्रयोग गर्दा डाटा चोरी हुने सम्भावना कम हुन्छ ।

पप–अपबाट डाटा चोरिने डर

हामीले कुनै साइट खोल्दा या मोबाइलमा ब्राउज गर्दा पप–अप एडहरु देखिन्छन् । ती एडहरुमा आकर्षक कुरा लेखिएका हुन्छन् । कुनैले रकम जितेको भन्दै लोभ्याउँछन् ।
यस्ता पप–अप स्क्रिनमा आइरहन्छन् । त्यसैले यस्ता ट्याबहरु तत्काल बन्द गर्नुपर्छ । यसले सिस्टम नै स्लो गर्ने कार्य पनि गर्छन् ।

हरेक साइटका लागि फरक फरक पासवर्ड राख्ने
हामीमध्ये धेरैको बानी भुल्न सकिन्छ भनेर हरेक साइटमा एउटै पासवर्ड राख्ने गरिन्छ । यदि कुनै तरिकाले एक ठाउँको पासवर्ड राखियो भने अर्को साइटको पासवर्ड पनि गेस गरेरै अरुले प्रयोग गरिदिन सक्छन् ।

त्यसैले पासवर्ड राख्दा फरक फरक पासवर्ड राख्ने गर्दा इन्टरनेट ह्याकिङमा सहज हुन्छ ।
लोकसन शेयर नगर्ने

स्मार्टफोनमा हामीले आफ्नो लोकेशन शेयर गरिरहेका हुन्छौं । यसो गर्दा कसैले कुनै एपका माध्यमबाट हामीलाई पछ्याइरहन पनि सक्छन् । एप प्रयोग गर्दा जरुरीबाहेक अरु प्रयोजनका लागि लोकेशन शेयर नगर्नुस् ।

शेयर नगर्न मोबाइलको सेटिङ ट्याबमा गएर लोकेशनलाई डिसेबल गर्न सकिन्छ ।

बेवसाइटमा आफ्नो डेबिट र क्रेडिट कार्ड शेयर नगर्ने

कुनै अनलाइन साइटमा शपिङ गरेपछि आफ्नो क्रेडिट या डेबिट कार्डको जानकारी दिनुपर्ने हुन्छ । तर, यही मौका पारेर कतिपय साइटहरुले डेबिट–क्रेडिट कार्डको जानकारी मागिरहेका हुन्छन् ।

यसरी डाटा दिँदा आफ्नो कार्डमा भएको रकम चोरी हुने प्रबल सम्भावना हुन्छ । त्यसैले विश्वसनीय नलागेका साइट या सामाजिक सञ्जालमा आफ्नो डेबिट या क्रेडिट कार्ड कहिल्यै शेयर नगरौं ।

विज्ञापनमा देखिएका जथाभावी लिंक नखोल्ने

इन्टरनेटको प्रयोग गर्दा हामीले विभिन्न विज्ञापनहरु देख्ने गर्छौं । ती विज्ञापनका माध्यमबाट कसैले सामाजिक सञ्जालको पासवर्ड पनि मागेका हुन्छन् भने कसैले अनेक अफरको बहानामा डाटा चोरी गर्ने गर्छन् ।
त्यसैले आफूले विश्वास गरेका लिंकहरु मात्र खोल्ने अरुलाई हटाउने गर्नुपर्छ ।

शंका लागेमा ब्लक गर्ने

यदि तपाईंलाई कसैले सामाजिक सञ्जालमार्फत अनेक बहाना बनाएर पासवर्ड, बैंक खाता माग्ने गरेको छ भने त्यस्तालाई ब्लक गरिदिनुस् । कसैले सामाजिक सञ्जालका माध्यमबाट लिंक पठाएर पनि तपाईंको डाटा चोरी गर्न सक्छ । त्यसैले आफूले विश्वास गर्ने बाहेक अरु लिंक खोल्दा या उनीहरुका कुरा पत्याउँदा ख्याल गर्ने गर्नुस् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता