Logo

उत्तरी मादीका जनतालाई पक्की मोटरेवल पुलले दिएको खुसी



कास्कीको मादी गाउँपालिका(१ खिलाङका गोलमान गुरूङलाई काँहुखोला(दूधपोखरी सडकखण्डको विजयपुर खोलामा पक्की मोटरेवल पुल बनेर गाडी चल्दासमेत अझै सपनाजस्तै लागेको छ।

पुलका लागि लामो समय प्रयत्न गरेका उनीजस्ता धेरैको मुहारमा अहिले पुल बनेर उद्घाटनसँगै खुसी छाएको छ।

पोखरा(१३ र मादी(५ जोड्ने सिउँदीको मुखस्थित विजयपुर खोलामा पुल निर्माण सम्पन्न भएर सवारी साधन वारपार गर्न थालेपछि गाउँलेमा खुसीयाली छाएको हो। सोमबार भव्य कार्यक्रमसहित पुल उद्घाटन भएपछि उनीहरू थप उत्साहित भएका छन्।

मादीका उत्तरी भेगका जनताले बर्खायाममा भोग्नुपरेको दुःख र कष्ट वर्णन गरिसाध्य छैन। गाउँमा कोही बिरामी परेर अस्पताल लैजाँदा होस् वा सामान्य अवस्थामा बजार आउँदारजाँदा होस् बर्खामा उर्लिएर आउने विजयपुर खोलाको भेलमा हेलिनुको विकल्प थिएन।

वि।सं २०५५ तिर बनेको झोलुंगे पुलले पैदल आवतजावत केही सहज बनाए पनि नदीमा सवारी साधन वारपार हुन नसक्दा जनतालाई सास्ती थियो। बर्खा लाग्न थालेपछि गाउँलेको पोखरासँगको सम्पर्क विच्छेद हुने गरेको थियो।

त्यसैले पनि लामो प्रयासपछि पुल बन्दा तत्कालीन बाटो समितिका अध्यक्षसमेत रहेका गुरूङलाई अझै सपनाजस्तो लागिरहेको छ। पुल निर्माणसँगै गाउँमा विकास र समृद्धिको ढोका खुलेको उनी बताउँछन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता