Logo

चीनमा सरकारले नै पुरुषलाई ‘तिमीहरु महिला जस्तो भयौ पुरुषत्व बढाउ’ भनेपछि….



एजेन्सी । चिन सरकारले त्यहाँका पुरुषलाई कमजोर भएको आरोप लगाउँदै पुरुषत्व बढाउन भनेपछि विरोध सुरु भएको छ । केहीले त्यो विषयलाई लै गिं कतासंग जोडेर विरोध गरेका छन् । शिक्षा मन्त्रालयले जारी गरेको एक सूचनामा यस्तो उल्लेख गरिएपछि आलोचना भएको हो ।

यस सूचनामा चिनियाँ युवकहरू महिला जस्तो हुँदै गएको भनी टिप्पणी गरिएको छ । देशका लोकप्रिय पुरुष मोडलहरू सेनाका नायक जस्तो बलियो र हृष्टपुष्ट नभएको भन्दै चीन सरकारले पुरुषत्व बढाउन भनेको छ ।

राष्ट्रपति सी चिनफिङ आफैं फूटबल प्रेमी हुन् र उनी पनि देशमा राम्रा खेलाडीहरू जन्मिऊन् भन्ने चाहन्छन् । तर पुरुषहरु त्यस लायक नभएको उल्लेख गरिएको छ । किशोरहरूमा किशोरीको जस्तो प्रवृत्ति देखिएको भन्दै फूटबल जस्ता खेलमा विशेष ध्यान दिएर विद्यार्थीहरूमा पुरुषत्व जगाउने कोशिश गरिएको छ ।

पोहोर साल मे महिनामा चीनको शीर्ष सल्लाहकार समितिका प्रतिनिधि सी जेफूले चीनका युवकहरू कमजोर, ड र छेरुवा र ही न भावनाले ग्र स्त रहेको बताएका थिए ।

उनले चिनियाँ पुरुषहरू महिला जस्तो बन्दै गएको र यस समस्यालाई प्रभावकारी रूपमा समाधान नगरिएमा चिनियाँ राष्ट्रको विकास र अस्तित्व ख त रा मा पर्न सक्ने दाबी उनले गरेका थिए ।

पुरुष सेलेब्रिटीहरूको क्रेज पनि यसका लागि जिम्मेवार रहेको उनले बताए । यसैले गर्दा युवकहरू सेनाको नायक जस्तो बन्न नचाहेको उनको भनाइ छ । उनले विद्यालयहरूलाई युवकहरूको सन्तुलित शिक्षा दिन ठूलो भूमिका निर्वाह गर्नुपर्ने बताए । शिक्षा मन्त्रालयको यस नोटिसलाई धेरैजसो चिनियाँहरूको प्रतिक्रिया नकारात्मक छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता