Logo

प्रधानमन्त्री ओलीसहितको टोली निर्वाचन आयोगमा



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित उनको समूहको नेकपाका नेताहरू निर्वाचन आयोग पुगेका छन् ।

प्रधानमन्त्री ओली पौने १२ बजे आयोग पुगेका छन् । ओलीसँगै महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङलगायतका नेताहरू पनि आयोगमा पुगेका छन् ।

सरकारले बैशाखमा घोषणा गरेको दुई चरणको निर्वाचन हुने जिल्लासमेत तोकिसकेको अवस्थामा पार्टीको आधिकारिकतामा विवाद नसुल्झिएपछि ओलीसहितका नेताहरू आयोगमा पुगेका हुन् ।

पुस ५ मा प्रतनिधि सभा विघटन भएपछि नेकपा विभाजित छ । तर, आयोगले त्यसलाई मान्यता दिइसकेको छैन । यद्यपि ओली र दाहाल(नेपाल समूह दुबैले आफू नै आधिकारिक पार्टी भएको भन्दै झण्डा, चुनाव चिह्नलगायतमा दाबी गर्दै आएका छन् ।

यसअघि माघ २० मा दाहाद(नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल निर्वाचन आयोग पुगेर पार्टीको आधिकारिकता दाबी गरेका थिए । सोक्रममा दाहाल र नेपालले प्रतिनिधिसभा विघटनको विषय अदालतबाट नसुल्झिएसम्म निर्वाचन प्रकिया अघि नबढाउन पनि आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता