Logo

घरबेटीले आफ्नै आमाबाबु बाहिर गएको मौका छोपी‘



नेपालसँग सीमा जोडिएका भारतको बिहार राज्यस्थित पूर्वी चम्पारण जिल्लामा १२ वर्षीया नेपाली बालिकाको सा’मूहि’क क’रणी’पछि ह’ ‘त्या भएको छ। बालिकाको शव प्रहरीकै सहयोगमा ज’ला’इ’ए’को बिबिसीले जनाएको छ। प्राथमिक जाँच र एक भाइरल अडियोका आधारमा पूरै

घटनामा स्थानीय प्रहरीचौकीका प्रमुख सहयोगीका रुपमा रहेको देखिएको बिबिसीले जनाएको छ। बिबिसीका अनुसार एसपी नवीनचन्द्र झाको भनाइ उद्धृत गर्दै भाइरल भएको अडियोमा थानाध्यक्ष सञ्जीवकुमार रञ्जनको लापरबाही देखिएको जनाइएको छ। रञ्जनलाई निलम्बन गरिएको र उनका विरुद्ध एफआइआर दर्ता गराइने एसपी झाले बताएका छन्।

नागरिक दैनिकले अघि लेख्दै भनेको छ मृतक बालिकाका बाबु सुरेश ९नाम परिवर्तन० नेपालको बर्दिया जिल्लास्थित बारबर्दिया नगरपालिकाका स्थायी बासिन्दा हुन्। उनी विगत सात वर्षदेखि बिहारको मोतिहारीस्थित कुन्डवा चैनपुरमा मजदुरी गर्थे। उनका अनुसार यो घटना २१ जनवरीको हो। सुरेशकी पत्नी नेपाल नेपाल आएका बेला र उनी आफू मजदुरी गर्न गएका बेला यो घटना भएको हो। उनका छोरा कुनै कामले बजार गएका बेला एक्लै रहेकी बालिकामाथि यो घटना भएको हो।

४ बजे छोरा बजारबाट फर्किने क्रममा घरभेटीले उनलाई घरमा जान रोकेको, ज ‘ब’र’ज’स्ती जाँदा बहिनी घाइते अवस्थामा जमिनमा रहेको उल्लेख गरिएको छ। घटनाका बारेमा छोराले जानकारी गराएपछि आफू तत्काल घर पुगेको, छोरीको घाँ’ ‘टीमा नि’ ‘ल डा’ ‘म देखेको र तत्कालै अस्पताल लगे पनि उपचार नभएको सुरेशले जनाएका छन्।

त्यसलगत्तै घटनामा संलग्नहरू एकै ठाउँमा जम्मा भएर बालिकाको शव ज’ला’उ’न द’बा’ब’ दिएको बाबु सुरेशले जाहेरीमा उल्लेख गरेका छन्।

बालिकाको घटनामा संलग्न देवेन्द्रकुमार साहले बालिकाको शव तत्कालै न’ज’ला’ए’मा बाबुछोराको नै ज्यान लिएर नेपालमा फा’लि’दि’ने ‘ध’म्की’ दिएको, पछि सादा कागजमा औंठा छाप लगाएर राति १२ बजे ‘जब’र’ज’स्ती’ सडक किनारमा नुन र चिनी राखेर जलाइएको र बिहानै सुरेशलाई नेपाल ल’खे’टे’को जाहेरीमा उल्लेख गरिएको छ।

उक्त घटनाका बारेमा प्रहरीलाई जाहेरी दिएपछि शुक्रबार एक अडियो भाइरल भएको थियो। घटनाको बारेमा स्थानीय थानाध्यक्ष सञ्जीवकुमार रञ्जन र

अभियुक्त रहेश साहबीचको कुराकानी छ। उक्त कुराकानीमा थानाध्यक्षले अभियुक्तलाई मृतक बालिकाको शव व्यवस्थापन गरेर उनको चिसोका कारण निधन भएको बताउन भनेका छन्। घटनामा संलग्न दुईजनालाई गिरफ्तार गरिसकिएको र बाँकी अभियुक्तलाई पनि गिरफ्तारीको तयारी भइरहेको प्रहरीले जनाएको बिबिसीले लेखेको छ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता