Logo

सपनाले पनि मुख खोलिन : म माथि बिनयले जे गरे त्यो एकदिन सबै कुरा छरपस्ट हुन्छ



काठमाडौं ।सपना रोका मगरका बारेमा सायदै कसैलाई थाहा नभएको होस् । उनी वेवारिसे शव ब्यवस्थापनको कामवाट अहिले विश्वमाझ परिचित भएकी छन् । उनलाई बीबीसीले विश्वकै १०० शक्तिशाली महिलाको रुपमा छनोट गरेपछि उनी विश्व चर्चित भएकी हुन् ।

उनी शव ब्यवस्थापनको काममा सकृय विनयजंग बस्नेतसंग मिलेर सो काममा लागेकी थिइन् । उनी विनयजंगको संस्थामा लागेर यो काम सुरु गरेको केही महिनामै विश्वव्यापी भइन् ।

तर जव बीबीसीले उनलाई शक्तिशाली महिलाका रुपमा छनौट गरेको थियो त्यती बेला विनयजंग र सपनाको सम्बन्ध विग्रिसकेको थियो । उनी विजयजंगको संस्था छोडेर घरमा बसेको बेलामा बीबीसीमा उनको नाम सार्वजनिक भएको थियो ।

त्यसपछि उनी चर्चित भइन् । उनको नामवाट विजयजंगको पनि नाम चर्चामा आयो । त्यसपछि विनयजंगले सपनालाई आफ्नो छोरी हो र मेरो निधन पछि सपनाले ले आफ्नो शव ब्यवस्थापन गरोस् भन्ने चाहेको बताएका थिए । उनले सार्वजनिक रुपमा सपनाको खुट्टा नै ढोगेका थिए ।

तर अहिले सपना र विजयजंगका बारेमा धेरै नराम्रा कुराको चर्चा चलेको छ । सपनालाई विनयजंगले सार्वजनिक रुपमा छोरी मानेपनि उनको नियत नराम्रो रहेको कुरा सार्वजनिक भएको छ । उनले सपनालाई रातीमा आफ्नो शरिरमा तेल मालिस गर्न लगाउने, नमान्दा या त ना दिने र कु ट् ने समेत गरेको खुलेको छ ।

सपनाको बुवा आमालाई कि मेरो लागी एउटा श्रीमती खोजी दिनु नत्र सपनालाई बस्नेत बनाउँछु भनेर भन्ने गरेको पनि सपनाको वास्तविक बुवा आमाले सार्वजनिक गरेका छन् । यति धेरै कुरा सार्वजनिक भएपछि सपनाले पनि आफ्नो कुरा सार्वजनिक गरेकी छन् ।

उनले सत्य कहिल्यै नलुक्ने र कुनै न कूनै दिन सत्य बाहिर आउने बताएकी छन् । उनले आफ्ना बारेमा नकारात्मक टिप्पणी नगर्न आग्रह गरेकी छन् । उनले मिडियामा आफ्नो ब्यक्तिगत कुरा र विगत छरपष्ट पारिएको भन्दै चित्त दुखाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता